आँखाको सैान्दर्य र सुरक्षाको लागि गाजल !!

Posted by Sura Health on |







                       Gajal                         अति  नै  पैाराणिक  काल देखी नै हिन्दु शाश्त्रमा  गाजलको  बारेमा  उल्लेख  गरिएको  छ । त्यतिबेला गाजल को प्रयोग केवल सैान्दर्यको लागि मात्र  नगरि औषधिको रुपमा र (antiseptic) को रुपमा पनि प्रयोगमा ल्याइन्थ्यो । त्यसबेला गाजाल जडिबुटि र घरेलु सामानहरुबाट बनाइन्थ्येा ।  अझै पनि हाम्रा कतिपय घरहरुमा गाजल यसरि नै बनाइन्छ । तर बजारमा आजभेालि बिभिन्न ब्राण्डका गाजल , मस्कारा र आई लाईनरहरु पाईन्छन् , यि सबैमा रसायनहरुको (chemicals) को  प्रर्योग  गरिएको हुन्छ । त्यसैले हामिमध्ये कतिलाई यसको प्रयोगले एलर्जि गराउँदछ र बिभिन्न किसिमका समस्याहरु देखा पर्दछ । त्यसैले आँखाको लागि सबैभन्दा राम्रेा घरेलु गाजल नै हो ।

गाजाल बनाउने एक सजिलो तरिका:

शुध्द गाइको घ्यु माटेाको दियोमा मा राख्नुहोस् र दियो बाल्नुहोस् । र दियो भन्दा केहि माथि बाट तलको भाग खुल्ला राखि कासको थालले  छेाप्नुहोस् । दियो पुरै बलिसकेपछि थालमा जमेको कालोलाई निकालेर थेारै गाईको घ्युमा नै मुस्नुहेास र बट्टामा बन्द गरेर राख्नुहेास । यसलाई नियमित रुपले प्रयोग गार्नाले आँखाको सेतो भागलाई र कालो भागलाई चम्किलो बनाउँछ । साथै आँखाको सुख्खापनलाई पनि यसले हटाउँछ । आँखाका अरु रोगहरु जस्तै चिलाउने, सुन्निने  त्यस्ता एलर्जि लाई पनि  ठिक गराउँछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips