'चाइनिज क्रिम कहिल्यै नलगाउनुस्' !!

Posted by Sura Health on |







               कुरूप बनाउला क्रिमले!                                                                                                                                                                 डा. विनय वैद्य, चर्म, यौन तथा सौन्दर्य विशेषज्ञ 

सुन्दर बन्ने चाहनाले अनुहार कुरूप बनाएर हामीकहाँ आउने बिरामीको चाप निकै बढेको छ। छालामा देखिने विभिन्न समस्या लिएर महिलाहरू बढी आउने गरेका छन्। चाया, पोतो, डन्डीफोर आदि हटाउन उनीहरूले जे भेट्यो, त्यही प्रसाधन तथा औषधि प्रयोग गर्ने गरेको पाइन्छ। त्यसको साइड इफेक्ट अकल्पनीय हुन्छ। 
विज्ञापनको आधारमा चाइनिज तथा कोरियन क्रिम प्रयोग गर्नेको अनुहार निकै बिग्रेको पाइन्छ। अनुहारको छाला निकै संवेदनशील हुने भएकाले यसमा प्रयोग गरिने क्रिम तथा औषधिमा हुने तŒवबारे चिकित्सकलाई राम्रो ज्ञान हुनु जरुरी छ। तर, चाइनिज क्रिमको प्याकमा सबै डिस्त्रि्कप्सन चाइनिज भाषामै लेखिएका हुन्छन्। त्यो चिकित्सकले बुझ्दैनन्। जे पायो, त्यही क्रिम लगाउनाले अनुहारको छाला कहिले पनि ठीक नहुने गरी बिग्रन सक्छ। 
तीन महिना वा यति दिनभित्र चाया–पोतो ग्यारेन्टीका साथ जान्छ भन्ने विज्ञापनले उपभोक्तालाई नराम्रोसँग झुक्याएका छन्। टिभी सप, स्काइ सप नेपाल तथा पत्रपत्रिका, रेडियो र टेलिभिजनको फर्माइसमा औषधि तथा क्रिम प्रयोग गर्नु हुँदैन। नक्कली सामग्रीले छालाको रेसा नै देखिने गरी पातलो बनाउँछन्। प्रयोग गरेलगत्तै दाग गएजस्तो देखिए पनि दुईतीन हप्तापछि अनुहार पूरै ढाक्ने गरी पोतो देखिन्छ। चाइनिज क्रिमहरू झुक्किएर पनि प्रयोग गर्नुहुँदैन। 
एकपटक अनुहारमा चाया पोतो आएपछि यसलाई पूर्ण निर्मूल पार्न सम्भव छैन। चिकित्सकको निगरानीमा औषधि तथा क्रिम लगाएर केही कम गर्न सकिए पनि पूरै हट्दैन। घामबाट जोगिन नसक्नेका लागि चायापोतोको जति नै उपचार गरे पनि यसबाट पूरै छुट्कारा पाउन सकिँदैन। 
विज्ञापनमा पढेको वा सुनेको भरमा क्रिम लगाउने अनि ब्युटिपार्लर धाएर पनि केही सीप नलागेपछि मानिसहरू हामीकहाँ आउँछन्। चाया, पोतो हटाउन लेजर प्रविधि भए पनि यसले पूर्ण रूपमा हटाउन सक्दैन। कम्तीमा १२ पटक लेजर गर्नुपर्ने र एकपटकमा तीन हजार खर्च गर्नुपर्ने भएकाले यो प्रविधि सर्वसुलभ छैन। वर्षौंसम्म अन्दाजको भरमा यसले होला कि त्यसले होला भनेर औषधि लगाउनेहरू कुरूप बन्दै गएका छन्। - 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips