लेजर किरणको प्रयोगबाट अन्धोपनको उपचार !!

Posted by Sura Health on |







                                          लेजर किरण प्रयोग गरी वृद्धावस्थामा हुने अन्धोपनको समस्यालाई निराकरण गर्न सकिने भएको छ। चिकित्सा क्षेत्रका वैज्ञानिकहरूका अनुसार लेजर किरणको प्रयोगबाट एक सेकेन्डको हजारौं गुणाभन्दा पनि कम समयमा बढ्दो उमेरका कारण आँखाको लेन्सको पछाडिपट्ट िआफै जम्मा हुने अनावश्यक पदार्थलाई सफा गर्न सकिनेछ। यो उपचार प्रविधिलाई लेजर थेरापी नाम दिइएको छ, जसले 'एजरिलेटेट माकुलर डिजेनरेसन' (एएमडी) सँग सम्बन्धित समस्या निराकरण गर्छ। मानिसमा बढ्दो उमेरसँगै आँखाको माकुलाको माथिको सतहमा रक्तबाहिनी नसाहरू निर्माण हुन्छन्। ती नसाहरूबाट उत्पादन हुने एक किसिमको फ्ल्युड तथा आँखाको सतहमा जम्मा हुने अन्य किसिमका बोसोयुक्त हानिकारक पदार्थले गर्दा आँखाको दृष्टि शक्ति छोपिन्छ, जसका कारण बिरामीले टिभी हेर्न, पत्रपत्रिकाहरू पढ्न वा मान्छे चिन्न सक्दैन। अहिले वृद्धावस्थामा हुने अन्धोपनको उपचार गर्न बिरामीलाई इन्जेक्सनसँगै औषधि दिइए पनि त्यो शतप्रतिशत प्रभावकारी हुन सकेको छैन।


                   

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips