जलिय योग – उपचार विधि !

Posted by Sura Health on |







पुरुष महिला र सबै बर्गका मानिसलाई प्रविधी एउटै हो र उत्तिकै प्रभावकारी छ ।
मुख्य पृष्ठको जलिय योग र प्रयोगका सामानहरुको लेख हेरेर मात्र प्राक्टिकल गर्नुहोस् ।
सामान नयाँ र पानी सफा हुनुपर्छ । पानी धाराको या मीनीरल, भाँडामा जम्मा गरेर राखेको प्रयोग गरौं । तराईको पानी आइरनयुक्त छ । ट्यांकीमा ट्यांकरको पानी प्रयोग नगर्नुहोस् । यस्तो पानी २००० लिटर जतिमा प्लाष्टिक भाँडामा २०० ग्राम जति फिटकिरी हाल्ने, २४ घण्टापछि मुखमा थोरै चाख्ने, टर्रो नभएमा माथिबाट पानी उँघाएर चलाउन सकिन्छ ।
१.
दुध गाई, भैंसी, डि.डि.सि. चिया गिलास भरी, छाली (तर) – २ चम्चा ।
दुध उमालेर फ्रिजमा राखेर चलाउन
सकिन्छ (एक हप्तासम्म),
नफाटेको दुध हुनुपर्छ ।
दुध उमालेर मात्र प्रयोग गर्नुहोस् ।
२.
चिसो पानी राख्ने प्लाष्टिक बाल्टी
काठमाडौंका लागि पानी धारा वा
मिनरल भाँडामा भरेर राखेको
प्रयोग गर्नुहोस् ।
३.
४ लिटर पानी उमाल्ने स्टील वा आल्मुनियम (सिल्भर) भाँडो
यी सबै मिसाई पानी उमाल्नुहोस् । चिसो पानीमा १ गिलास उमालेको दुध, २ चम्चा तर (छाली), शुद्ध भए आधा चिया चम्चा खारेको घिउ मिसाई उमालेर फिँज मरेपछि जलयोग गर्नुहोस् ।
घिउ ३ दिनमात्र प्रयोग गर्नुहोस् ।
४.
इन्धन, चुलो  १ मिनेट उमाल्नुहोस् । पानीको फिँज मरेपछि जलयोग पानी तैयार भयो ।
५.
प्लाष्टिक बाटा र पछाडि भागसम्म भएको स्टीलको कचौरा या बाटा (आधा लिटर पानी जाने) प्लाष्टिक बाटा र पछाडि भागसम्म भएको स्टीलको कचौरा या बाटा (आधा लिटर पानी जाने) स्टील को बाटामा टुक्रुक बस्न गाह्रो लाग्नेले चाकको एक पट्टी आड लिएर बस्नु होस्।
बस्ने तरिकाचौंडाईं – चौध इन्च
उचाई – साँढे चार इन्च
१ इन्च मोटो कपडा माथि बाटा राखी बसेमा पानी ढिलो सेलाउछ ।चिसो पानीको बाल्टी 
तातो पानीको जग
 बाल्टीको चिसो पानी र जगको तातो दुध पानी छेवैमा राख्नुहोस् । बाटामा बस्ने बेलामा हातले छाम्दै तातो मिलाएर बस्नुहोस् । बाटाको बस्ने पानी बराबर तातो पार्न जगको पानी थप्दै प्रयोग गर्नुहोस् । बाटाको पिँधभन्दा १ इन्च माथि मलद्धार, मुत्रद्धार र गुप्ताङ्गको केश उम्रीने भागसम्म डुबाउनुहोस् ।   ६.चिराइतो पानी  
बाटामा योग गर्न बस्ने बेलामा ३ दिन ५ थोपा दिनको १ टाईम राख्ने, त्यसपछी छ दिनजति दिनको १ टाईम ३ थोपा राख्नु होस र जलयोग गर्नु होस् (किटाणु मर्छ)।बच्चामा प्रयोग नगर्नुहोस्।   ७.तातोपानी राख्ने २ लिटर जतिको स्टील जग (बिर्को भएको) जलयोगको उमालेर तयार पारेको पानी १ जग राखेर बिर्को लगाएर मात्र बाँकी जलयोगको तातो पानी बस्ने बाटामा खन्यआउनु होस् । 
८.
सानो तौलिया  सेकेर भिजेको शरिरको बाहिरी भाग पुछ्नुहोस् ।
९.
ट्वाईलेट पेपर  गुप्ताङ्गका (योनी) चेपाचेपी पुछेर ओभानो पार्नुहोस् ।    शारीरीक बनावटका कारण गुप्ताङ्गमा पानी छ्याप्ने प्रविधि महिलाको लागि मात्र प्रभावकारी छ ।
१ गिलास तातो पानी बिहान उठ्ने बित्तिकै र १ गिलास तातो पानी बेलुका सुत्ने बेलामा खाएमा हरेक रोगमा कमी आउछ ।
(क) जलिय उपचारकर्ताले बुझ्नुपर्ने कुरा
१) काठमाडौं तथा तराइका धारामा समय समयमा केमिकल र फोहोर युक्त पानी आउने हुँदा धारा को पानी भर पर्दो छैन त्यसकारण त्यहाका बसिन्दाले मिनरल वाटर या भाँडामा भरेर राखेको फोहोर नभएको पानी प्रयोग गर्नको लागि तल पानी को सफाइ को लेख पढेर पानी प्रयोग गर्नुहोस् ।
२) स्टिल र प्लाष्टिकको भाँडा मात्र प्रयोग गर्नुहोस् । आफैंले हेरेर सफा भाँडामा दुध र मिश्रण पानी उमाल्नुहोस्। थर्मश र इलेक्ट्रीको तातोपानी प्रयोग नगर्नुहोस् ।
३) भए गाईको, नभए भैंसीको, नभए डि.डि.सी.को मात्र शुद्ध दुध प्रयोग गर्नुहोस् ।
४) जलयोग गर्न बस्दा परिवारको सदस्यलाई भनेर बस्नुहोस् । बाथरुमको ढोकामा चुकुल नलगाउनुहोस् । योग गर्दा केही दिन ब्लड प्रेशर बढ्न सक्छ । बढेमा योगपछि २ चम्चा चिराइतो भिजाएको पानी या २ गिलास चिसोपानी पिउनुहोस् या २ चम्चा करेलाको पानी खानुहोस् । केहि दिनमा प्रेशर व्यालेन्समा आएमा तितो खान जरुरी पर्दैन ।
५) मिनेरल वाटर प्रयोग गर्दा क्रमस रोग घट्दै निर्मुल हुन्छ । पानी खराब भएमा जलयोग पछी रोग केही घट्छ तर फेरी बद्छ । क्रमस शरीरको रोग घट्नु को साटो बढ्दै जान्छ । मिनेरल वाटर प्रयोगकर्ता सबैको रोग निर्मुल भयो ।
६) योग गर्ने समय १ पटक मा आधा घण्टा भन्दा बढी नबस्नु होस् ।
(ख) जलयोग गर्दा शरिरमा देखिने लक्षणहरु
जलयोग गरेर उठ्दा रिंगटा लाग्छ, शरिर झुम्म हुन्छ । बाथरुमको आड लिंदै बिस्तारै उठ्नुहोस् । योगपछि १५–२० मिनेट बेडमा आराम गर्नुहोस् । योग सुरु गरेको ८–१० दिन सेक्दा बसेको बाथरुम, योग गर्ने मानिस, सुतेको कोठा, ज्वरो आएको जस्तो असाध्य गन्हाउँछ । लट्ठ निद्रा लाग्छ । मुख सुक्छ, प्यास लाग्छ । प्रसस्त पानी र खाना खानुहोस् । शरिरको तापक्रम छाम्दा चिसो जस्तो हुन्छ । शरिरभित्रको रोगहरु ७५% भन्दा बढी पिशावबाट तथा बाँकी पसिना, दिशाबाट आदीबाट जान्छन् । गैसकेपछि शरिरका सबै नराम्रो लक्षणहरु हराउँदै जान्छन् । शरिरको रोग अनुरुप निको हुने समयमा विभिन्न शारीरिक लक्षण देखिन्छन् । कब्जियत पनि हुनसक्छ । बढी दिशा लागे औषधि र पानी बढि खानुहोस् । योग गरेको पहिलो हप्ता निकै रोग घट्छ, तर त्यसपछि रोग घट्ने क्रममा स्थीर हुन्छ या केहि रोग बढ्छ । पूरानो रोग र नशामा धेरै फोहोर जमेको भए यस्तो लक्षण देखिन्छ या खराब पानीले जलिय योग गरेमा यस्तो हुन्छ । नियमित योग गर्नुहोस्, कम हुन्छ । नशा खुलेपछि निको हुन्छ ।
दीर्घरोगीको रोग निको हुन केहि समय लाग्छ । योग प्रयोगकर्ताले आफैं थाहा पाईन्छ । योगपछि शरिरमा हरेक परिवर्तन देखिन्छन् । पेट दुख्ने, कराउने, पोल्ने, पातलो दिशा लाग्ने, वाक्क आउने, खानमन नलाग्ने, कमजोर हुने हुनसक्छ । कुनै शरिरका रोग लागेका भाग सुरुमा दुख्छन् । कुनै हल्लिन्छन्, कुनै पोल्छन्, कुनै चर्किन्छन, कुनै प्रत्यक्ष पग्लिएको थाहा हुन्छ । पिशाब अड्किएको जस्तो केहि पोल्ने पिशाका रोगीमा बढि हुन्छ र पिशाब पहेंलो, बाक्लो, असाध्य गन्हाउने हुन्छ । पिशाबको गन्ध फरक फरक आउँछ । दिशा पनि केहि फरक र पोल्ने हुन्छ । पिशाब बाहिर निस्किने बेलामा चिरिक चिरिक गर्छ । पेटको देब्रे भाग पिशाब बाहिर जाने भागमा रोप पूरै निको नभएसम्म कुट–कुट दुख्छ । पिशाब रोगीलाई यस्तो प्रायः हुन्छ । शरिर भित्रका फोहोर पिशाबको थैलीमा जम्मा भएर जाने भएर हो हरेक प्रयोगकर्तामा फरक लछण देखिन्छन । निको भईसकेपछि दुख्दैन । योगले काम गरिरहेको अंगको भागमा पहिला धुन्छ, अनि निकै दुख्छ, त्यसपछि पोल्छ, त्यसपछि पग्लिन्छ र दिशा पिसाबबाट जान्छ, यो समयमा प्रशस्त झोलिलो चिज र खाना खानुहोस् । यो क्रममा कहिलेकाहिं ज्वरै आउला जस्तो भएर रोग लागेको अंग दुख्छ । दुख्छ, पोल्छ, तर शरिरभरिमा कहिं रोगमा कमी आईरहन्छ । धेरै दुखेमा योग केहि दिन बिराएर गर्नुहोला । डाक्टरी सल्लाह लिएर औषधि खाएर पनि योग गर्न सकिन्छ । योग पछि पहिला पेटका रोग हराउँछन् । दोश्रोमा कम्मरभन्दा मुनी खुट्टासम्मका रोग हराउँछन् । तेश्रोमा ढाडबाट घाँटीका पछाडि नशा हुँदै टाउकोमा काम गर्छ । टाउकोमा खराबी यदि छ भने निकै दुख्छ । दुख्ने भनेको पग्लीने (खराब तत्व) हो । कसैलाई शरिर भरि एकैचोटी पनि दुख्छ । रोग नभएका मानिसलाई योगले केहि हुँदैन । यदि टाउकोमा खराबी छ भने टाउकोको नशा पूरै पग्लिन्छ र निकै दुख्छ । विस्तारै पग्लिने क्रम कम हुँदै जान्छ र दुखाई कम हुँदै रोग निको हुन्छ । आँखाका गेडी कहिलेकाहिं च्याप च्याप हुने, कहिले पोलेर रोग निस्किन्छ, कहिले जाली लागेको जस्तो भएर मधुरो हुन्छ । कान घुम्ने, हावा छिरेको जस्तो हुने, पोल्ने पहिला तेजसँग हुन्छ । विस्तारै कम हुँदै हुँदै सबै आँखाका रोग हराउँछन् । आँखाको पावर बढ्छ । शरिरका रोग कति चैं निर्मुल हुन्छन् । कति चैं व्यालेन्समा राख्न सकिन्छ । रोगीको शरीरीक रोग सकिएपछी फेरी रोग बल्झिन नदिन हफ्ता को २ पटक ३, ३ दिन फरक पारी जलयोग गर्नु पर्ने साथै गुप्ताङ्गको सफाइ नियम पुर्वक गर्नुहोस् ।
जलिय योगको पानी र प्रयोगका सामान खराब भएमा रोग बढ्छ । रोग सकिएपछि जलयोग गर्दा पोल्छ र गाह्रो हुन्छ । त्यसपछि योग बन्द गर्नुहोस्, आफ्नो शरिरले खोजे जति मात्र जलीय योग प्रयोग गर्नुहोस् ।
(ग) गुप्ताङ्गको सफाई
१. पिशाव फेरी सकेपछि सफा पानीले चिप्लो पदार्थ नगएसम्म मिची मिची धोएर ट्वाईलेट पेपरले योनी (लिङ्ग) पुछेर ओभानो पार्नुहोस् ।
२. गुप्ताङ्गको छेउछाउ टाइट कपडा, फोहोर, गन्ध, केमिकलयुक्त सावुन सर्फ जस्ता पदार्थ प्रयोग नगर्नुहोस् ।
३. गुप्ताङ्गमा हावा जरुरी छ । खुला कपडा प्रयोग गर्नुहोस् ।
४. महिला महिनावारी भएको समयमा प्याड छिटो छिटो फेर्नुहोस् । चिसो र भिजेको कपडाबाट योनी जोगाउनुहोस् । योनी सधैं सफा र ओभानो राख्नुहोस् ।
५. कट्टु (पेन्टी) टाईट नलगाउनुहोस् । (महिला) जरुरी मात्र लुज र सिल्कको पेन्टी लगाउनुहोस् ।
६. सम्भोग गरीसकेपछि टुक्रुक्क बसेर योनी (गुप्ताङ्ग) धोएर ट्वाईलेट पेपरले पुछेर ओभानो पार्नुहोस् ।
७. नुहाई सके पछी दिशा, पिशाब धोई सके पछी २ पसर मिनेरल वाटरले गुप्ताङ्ग र मलद्धार पानीले पखालेर पुछ्नुहोस् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips