You are here: Home /
Health News,
Health Tips / मुखको क्यान्सर र उपचार !
क्यान्सर के हो ?क्यान्सर तन्तु वा कोषको असामान्य पिण्ड हो जसको वृद्धि र विकास असीमित गतिले र यसका वरिपरिका सामान्य तन्तु र कोषको तुलनामा असामान्य रूपमा हुन्छ । शरीरमा हानी नगर्ने विनाइग्न ट्युमर र हानी गर्ने म
्यालिग्नेन्ट ट्युमर हुन्छन् । श्ारीरका अ∙-प्रत्य∙का कोषहरू वा कोषिकाहरू अनियन्त्रित र असामान्य रूपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगहरूमध्येको सबैभन्दा डरलाग्दो र प्राणघातक रोग क्यान्सर हो । क्यान्सरले आफू नजीकका तन्तुहरूलाई असर पार्नँका साथै शरीरमा एक स्थानबाट अर्को स्थानमा तन्तुमा रगत, लिम्फ आदिबाट सर्न वा असर पार्नसक्छ । तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।
लक्षणहरू
क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ, तर पनि जति उमेर बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ । नेपालमा देखिएका क्यान्सरहरूमा पुरुषमा मुख तथा घाँटीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी छ भने महिलामा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आँखासम्बन्धी क्यान्सर बढी देखिएको छ ।
सुरुका आठ लक्षण
1-बिनाकारण वजन घटेमा
2-अपच वा खाना निल्न कठिन भएमा
3-दिसावा पिसाबको बानीमा फरक परेमा
4-असाधारण रक्तस्राव वा पिप आएमा
5-उपचारद्वारा निको नहुने पुरानो घाउ भएमा
6-हित्तपत्त निको नहुने खोकी वा घोक्रो स्वर भएमा
7-कोठीको रंग र आकारमा परिवर्तन देखापरेमा
8- स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आएमा अंगअनुसार लक्षणहरू पनि फरक-फरक देखिन्छन् । क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पत्ता हुने र प्यारानियोब्लस्टिक सिन्ड्रोम हुँदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ ।
मुखको क्यान्सर
२० प्रतिशतसम्म क्यान्सर मुखको छ र यो भन्दा अझ भयानक रूपमा क्यान्सर हुनुभन्दा पहिलेको अवस्था पि्रक्यान्सेरस लिजन र कन्डिसन थुप्रै पाइन्छन् । नेपालमा सन् २००० मा विश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षणमा पुरुषमा पहिलो र महिलामा तेस्रो पाठेघर र स्तन क्यान्सरपछि प्रमुख क्यान्सर मुखको क्यान्सर भएको जानकारीमा ल्याएको थियो । मुखको क्यान्सर भनेको मुखका अङ्ग, तन्तुहरूको कोषको अस्वाभाविक अनियन्त्रित र असामञ्जस्य किसिमको वृद्धि नै हो । कारण हटाउँदा पनि कुनै कोषको आकार-प्रकारमा वृद्धि भैरह्यो र घाउ-खटिराहरू २-३ हप्तासम्म पनि निको नभए मुखको क्यान्सर हो कि भनी शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ सेवा लिनुपर्छ ।
कारणहरू
मुखको क्यान्सरको कारण यही नै हो भनेर पत्ता नलागेको भए पनि मुखको क्यान्सर बनाउन सक्ने सम्भाव्य कारणहरू तथा खतरानाक तत्वहरू लामो समयदेखि पत्ता लागिसकेका छन् ।
सुर्तीजन्य पदार्थ -टोबाको)
मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशतभन्दा बढी बिरामीले सुर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ । यस्ता वस्तुको सेवन बन्द गर्नाले मुखको क्यान्सर हुने सम्भावना घट्छ ।
सुर्ती निकोटियना रस्टिका र टोबाकमको पात सिधै वा प्रशोधित गरी विभिन्न रूपमा सेवन गरिन्छ । सुर्तीको क्यान्सर बनाउन सक्ने भूमिका-क्षमता, सुर्तीको किसिम, प्रकार, सेवन विधि र यससँग प्रयोग गरिने अन्य तत्वहरूले निश्चित गर्छ जस्तै चुरोट, बिडी खानेमा क्यान्सर २० वर्षमा देखिन्छ भने धूवाँरहितमा ५ देखि १० वर्षमा तर खैनी खानेमा ३ महिनामै पनि देखिएको छ । सुर्ती र पान दुवै खानेमा मुखको क्यान्सर २० देखि ३० गुणा बढी देखिन्छ ।
मद्यपान -अल्कोहल)
अहिले मद्यपान चर्को देखिन्छ । मद्यपानले मुखको म्युकोसालाई सुख्खा बनाइदिन्छ । म्युकोसाभित्र क्यान्सर बनाउन सक्ने तत्व छिर्नसक्ने पनि बनाइदिन्छ । त्यसैगरी मद्यपानले क्यान्सर बनाउनसक्ने तत्वको क्षमता र असरमा वृद्धि गरिदिन्छ । पोषणको कमी तथा सुर्तीलाई घुलनशील बनाइदिन्छ ।
कडा रक्सीले मुख, घाँटी र कलेजोको क्यान्सर गराउँछ । सुर्ती र रक्सी दुवै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुने अनुसन्धानले देखाएको छ ।
संक्रमण
इप्सटन वार, साइटोमेगालो इनकलुजन, हप्स सिम्प्लेक्स, एच.आई.भी., भेरिसेलाजुस्टर भाइरस, ह्युमन प्यापिलोमा र क्यान्डिडाको संक्रमणले पनि मुखको क्यान्सर हुन्छ ।
पोषणको कमी
फलाम, जस्ता, तामा र म्यागनिज खनिज पदार्थको कमीले तन्तुलाई एन्टी अक्सिडेन्ट तत्वको कमी र ट्युमर इन्हान्सिङ प|mी रेडिकलको उत्पादनमा वृद्धि गरी र भिटामिन ए, ई र सीको कमीले एमाइनबाट नाइट्रस एमाइनमा बदल्ने क्रम बढाई मुखको क्यान्सर गराउँछ ।
सुपारी
सुपारीको सेवनले मुख खोल्न नसक्ने र मुखमा घाउ-खटिरा आउने अवस्था ओरल सवम्युकस फाइब्रोसिस हुन्छ । त्यति हुँदा पनि सुपारी सेवन नरोके एरेक्वाइडिन र एरेकोलिन अल्कल्वाइडले डि. एन. ए. लाई बदली मुखको क्यान्सर बनाउँछ ।
चोटपटक, दीर्घकालीन घर्षण
तिखिला दाँत, नमिलेका दाँत, नमिलेका नक्कली दाँत, भाँचिएका दाँत, फोहोर मुख, कम तेल भएको खाना, ज्यादै मसलेदार, तातो खाना, रातो खुर्सानी, धेरै नुन, लगातार लामो समयसम्म प्रयोग गर्दा घाउ भएर, रगडिएर, मुखको क्यान्सर बन्छ ।
सूर्यको प्रकाश र एक्सरे
अल्ट्राभाइलेट, आयोनाइजिङ विकीरण र एक्सरेले पनि मुखको क्यान्सर प्रायः तल्लो ओठको क्यान्सर गराउन सक्छ । सूर्यको प्रकाशले छालाको र ओठको क्यान्सर गराउँछ ।
दुई प्रतिशतभन्दा कम मुखका क्यान्सर आनुवंशिक तथा वंशानुगत रूपमा परिवारमा पनि भएको देखिन्छ । मुखको क्यान्सर रक्त समूह ए भएकामा बढी र बी भएकोमा कम सम्भावना रहेको देखिन्छ । त्यसैगरी मुखको क्यान्सर ४५ वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत देखिएकाले उमेरलाई पनि कारण मान्न सकिन्छ ।
लक्षण तथा चिन्हहरू
मुखको क्यान्सरको कुनै चिन्ह वा लक्षण हुन्छ भन्न सकिँदैन तैपनि समान्यतया पुरुषमा ५०-६९ वर्षको उमेर तथा महिलामा ४०-४९ वर्षको उमेरमा बढी देखिन्छ । त्यसैगरी महिलाको तुलनामा पुरुषमा ४ गुणाले बढी, गाउँका बासिन्दा भन्दा सहरियामा ६ गुणाले बढी देखिएको छ । सबैभन्दा बढी जिब्रोको, त्यसपछि गिजा, गाला, जिब्रोमुनिको भाग आदिमा क्यान्सर देखिने गरेको छ ।
मुखमा रातो, खैरो, सेतो वा मिश्रति दाग, धब्बा वा पत्र देखिन्छ जुन दल्दा जाँदैन ।
निदुख्ने वा दुख्ने घाउ-खटिरा वा सुजन २-३ हप्तासम्म उपचार गर्दा पनि निको हुँदैन । साधारणतया मुखको घाउ धेरै रक्त संचारको कारणले ३-४ दिन मै निको हुन्छ ।
मसलेदार खाना खाँदा पोल्छ, छाम्दा साह्रो हुन्छ र दुर्गन्ध आउँछ ।
घाउ-खटिरा वा सुजनको आकार बढ्दै जान्छ ।
रयाल बढी आउँछ ।
दातहरु बिनाकारण र्झछन् ।
स्वाद फरक पर्छ ।
खान, निल्न, पिउन अप्ठ्यारो हुन्छ ।
घाउ, खटिरा, तलको तन्तुसँग टाँसिन्छ, जसलाई फिक्सेसन भनिन्छ ।
लामो समयसम्म निल्न गाह्रो हुन्छ ।
जिब्रो जाम भई चलाउन मिल्दैन ।
जिब्रो , मुख सुन्निन्छ ।
सुन्निएको गाँठो घाउ वा पत्र वा फिसर र फोल्डको रूपमा आउँछ ।
अस्वाभाविक रक्तस्राव ।
घाउ-खटिराको वरिपरि बाक्लो र मोटो हुन्छ, जसलाई इन्डुरेसन भनिन्छ ।
घाटीमा गिर्खाहरू देखापर्छन् ।
क्यान्सरको कोष फोक्सोमा फैलिए श्वास-प्रश्वाससम्बन्धी, कलेजोमा फैलिए जन्डिस र मुटुमा फैलिए तत्सम्बन्धी थप लक्षणहरू पनि देखापर्छन् ।
यी माथिका लक्षण तथा चिन्हरूले मुखको क्यान्सर भएको शंका उत्पन्न गरे पनि निदान भने उक्त घाउ-खटिरा वा सुजनबाट लिएको मासु/स्रावद्वारा नै गरिन्छ जसलाई हामी वायोप्सी भन्छौं ।
उपचार
कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमका साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्छ । यदि सुरुकै अवस्थामा क्यान्सरको उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भैसकेकोमा भन्दा सफल रहन्छ र क्यान्सर निको भै धनजनको क्षति कम गर्न सकिन्छ । लागेको अङ्ग काटेर फ्याँक्ने उपचार विधि— शल्यक्रिया, क्यान्सर भएको ठाउँ सेक्ने— विकीरण र औषधि वा हार्माेन प्रयोग गरी रोग निको पार्ने—केमोथेरापी वा औषधि अपनाइने भए पनि उपचार पद्धतिका रूपमा यदि क्यान्सर सुरुकै अवस्थामा भए रोगलाई निको पार्ने हिसाबले गरिने उपचार—सावधानिक उपचार, क्यान्सर अझ बढ्न नदिनका लागि गरिने रोकथामका उपाय र उपचार- रक्षात्मक उपचार तथा क्यान्सर फैलिएर चरम अवस्थामा पुगेपछि रोगको उपचारभन्दा रोगबाट देखिएका लक्षणहरूको उपचार-लाक्षणिक उपचार गरिन्छ ।
रोकथाम
हालसम्म प्राप्त ज्ञान, सीप र प्रविधिले एक तिहाई क्यान्सर हुनुअगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाई समयमै पत्ता लगाई उपचार गरी निको गर्न सकिने र बाँकी एक तिहाईलाई निको पार्न नसके पनि यो रोगबाट हुने पीडा कम गरी आयु लम्ब्याउन सकिन्छ । सुरुमा उपचार गरे क्यान्सर निको हुन्छ तैपनि मुखको क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकाले रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ ।