छारे रोग अथवा मिरगी को उपचार !

Posted by Sura Health on |







                                                                             अनुमानको हिसावले कमजोर दिल भएका व्यक्तिहरुलाई यस रोगको सम्भावना बढि हुने गर्दछ । विभिन्न नामबाट यस रोगलाई हामी चिन्न सक्दछौ । मृगी, चडिफाउ, फफडके, रिङने, छोप्ने, आदी । मानिस लगायत पशुप्राणीमा पनि देखापर्ने यो एक किसिमको मानसिक रोग हो । कहा कतिखेर यो रोगको असर देखापर्दछ भनेर रोगी लगायत कसैले पनि पुर्वानुमान गर्न सक्दैन । मानिसको भिडभाड, रंगीविरंगी चिजहरु, आखा रितमिराउने, छलल्कीएको पानि, कुनैपनि सांगितिक धुन बज्दा पनि यस प्रकारका रोगीहरुमा रोगको असर देखापर्ने गर्दछ र अचानक रोगीहरु मुर्छा परेर लड्ने गर्दछन । पुर्णरुपमा निकोपार्न नसकिएता पनि कतिपय विषेश अनुसन्धानमा संलग्न डाक्टर तथा वैद्यहरु यस प्रकारको रोगको उपचार सम्भव रहेको कुरा बताउने गर्दछन । अपरेसन गरेमा यस रोगको उपचार हुने कुरा डाक्टरहरु पनि बताउने गर्दछन ।रोगको लक्षण
छारे रोग एक दिमागी दौरा हो यदी यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ। उत्तानो परि सके पछी हात खुट्टा छटपाउँछ। केही बेर हात खुट्टा छटपटाएर मुखबाट राल छोडेर करिब आधा घण्टा सम्म रोगी वेहोस हुन्छ। यो समयमा रोगीलाई छोयो भने अरुलाई सर्न सक्छ भन्ने जन विस्वास पनि रहेको छ। करिब आधा घण्टा पछि रोगीलाई होस आउँछ।
रोगीले ध्यान दिनु पर्ने कुराहरु
कुनैपनि भिडभाड तथा मानिसहरु धेरै भेला भएको स्थान मेला, उत्सव तथा रमाइलो स्थानमा एक्लै नजाने ।
रंगीविरंगी बस्तुलाई टोलाएर नहेर्ने । प्राय नहेर्ने कोसिस गर्ने ।
धेरै पनि भएको स्थानमा नजाने नदिलाई पानिलाई एकोहोरो टोलाएर नहेर्ने ।
रोगीलाई होसमा ल्याउन सकिने केही तरिकाहरु
छारे रोगको रोगी उत्तानो परिसके पछि उसलाई छालाको जुता, कमर पेटी आदी सुँघाउदा छिटो होस् फर्किने अनुमान गरिएको छ। त्यसैले जति सक्दो चाँडै जुत्ता अथवा अन्य छाला निर्मित वस्तु सुँघाउने कोसिस गर्नु पर्छ। रोगीलाई छिटै भिड भाड अथवा पानी भएको क्षेत्रबाट टाढा लैजाने कोसिस गर्नु पर्छ। रोगीलाई छिटो होसमा ल्याउन रोगी मुख, टाउको, हात खुट्टामा पानिले भिजाइ दिनु पर्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips