डिम्बासयको क्यान्सर !

Posted by Sura Health on |







                                   डिम्बासय तल्लो पेटको भागमा पाठेघर नजिक रहेको हुन्छ। यो अङगको मुख्य काम महिनै पिच्छे डिम्ब (अण्डा) उत्पादन गर्नु हो। डिम्बासयमा क्यान्सर के कारणले हुन्छ भन्ने कुरा रहस्यमय नै छ। निकै फैलिसकेको अबस्थामा बाहेक अरु बेला प्रा:य लक्षण रहित हुने हुनाले ७५ प्रतिशत भन्दा बढी केसमा रोग लागेको धेरै पछि मात्र थाहा हुन्छ। त्यसैले महिलाहरुलाई हुने क्यान्सर मध्ये पाठेघरको मुख र स्तनको क्यान्सर पछि आउने भएपनि डिम्बासयको क्यान्सरलाई बढी खतरनाक मानिन्छ। उपचार पछि पनि लागभग २५ % बिरामीहरु मात्र ५ बर्ष भन्दा बढी बाचेँका छन्। नेपाल जस्तो कम बिकसित राष्ट्रमा क्यान्सरबाट हुने महिलाहरुको मृत्यू एउटा प्रमुख कारक बनेको छ। २०५७/२०५८ मा चितवन, भरतपुरको बि.पि. कोईराला मेमोरियल क्यसन्सर अस्पतालमा आएका क्यान्सरका ११२३ बिरामी मध्ये ४१ जनालाई डिम्बासयको क्यान्सर थियो। नियमित परिक्षणको ब्यबस्था नहुनु (स्क्रिनिङ) , र बिरामीहरु ढिलो उपचार गर्न आउनु यस निम्ती जिम्मेबार छन्। धेरैजसो केसमा एक डिम्बासयमा क्यान्सर हुन्छ ,तर दुवैमा हुनेहरु पनि भेटिन्छन। ३५ वर्ष भन्दा कम उमेरका महिलाहरुलाई यो रोग बिरलै लाग्दछ तर लागिहालेमा बढी खतरनाक हुन्छ। ८० % भन्दा बढी डिम्बासयको क्यान्सर महिलावारी सुकीसकेको महिलालाई हुने गरेको छ। यो रोग धनी, गरिब, शिक्षित अशिक्षित सबैलाई हुन सक्छ। चिकित्सा बिज्ञानले अहिले सम्म डिम्बासयको क्यान्सरका अहिले सम्म ठोस कारणहरु खुट्याउन सकेको छैन। कम उमेरमा महिलावारी हुने अनि ढिलो सुक्ने लामो प्रजनन अवधी भएका , बच्चा नभएका र औषधी द्दारा बाझोपनका उपचार गराएका महिलाहरुमा बढी हुने गरेको पाइएको छ। ज्यादा बोसो भएको खाना खानेहरु पनि रोगले आक्रमण गरेको पाइएको छ। स्तन, पाठेघर वा ठुलो आन्द्राको क्यानसर हुनेहरुलाई पनि डिम्बासयको क्यान्सर हुन सक्छ। परिवारका नजिकका सदस्यलाई यस्तो रोग छ भने अरुलाई पनि हुने सम्भावना हुन्छ। र त्यसतोमा कम उमेरमै देखा पर्नपनि सक्छ। शुरुमा लक्षणरहित हुने यो रोगमा क्रमश: पेट दुखने, फुल्ने वा डल्ला गाठा भेटिने लक्षणहरु देखीन सक्छ। कसैकसैलाई पेटमा भएका डल्लाको दबाबले अपच, छिटोछिटो पिसाब लाग्ने, र सास फेर्न गार्हो हुने हुनसक्छ। दिशा गोटा पर्नु र यौन सम्पर्क पिडादायक हुनु पनि यसका सङकेत हुन सक्छ। रोग फैलिसकेपछि छातीमा पानि जम्ने, घाँटी जाँघ, लगायत शरिरका बिभिन्न भागमा गिर्खाहरु देखिने , दिमागमा असर पर्ने, भोक नलाग्ने , दुब्लाउदै जाने वाकवाकी लागेर वान्ता हुने आदी हुन सक्छ। रोग पत्ता लगाउन बिभिन्न खाले ट्युमर मार्करहरु राखेर गरिने रगतको जाँच , पेटको भिडियो एक्सरे, छातीको एक्सरे, पेट वा छातीमा भरिएको पानी र घाँटी वा जाँघमा देखीने गिर्खामा क्यान्सर कोषिका भए, नभएको जाँच आदि परिक्षणले सघाउछन्। पक्का पक्की चाही डिम्बासयबाट निकालिएको मासुको टुक्राको बायोप्सी जाँचबाट थाह हुन्छ।

यी बाहेक रोगको निदान र उपचारको क्रममा सिटी स्क्यान वा एमआरआई जस्ता अन्य बिषेश जाँचहरु पनि गराउनु पर्ने हुन सक्छ। डिम्बासयको क्यनसरको मुख्य उपचार शल्यक्रिया गरेर ट्युमर निकाल्नु नै हो। शल्यक्रिया अघि वा पछी केमोथेरापी उपचार गरिन्छ। केमोथेरापीहरुमा प्रयोग गरिने औषधीहरु कडाखालको हुने हुनाले बिरामीलाई वाकवाकी लाग्ने , वान्ता हुने , खानाको रुची घट्ने रक्ताअल्पता हुने, कपाल झर्ने (पछि पलाउछ) आदि असरहरु देखा पर्न सक्छन। पुरै ट्युमर झिक्न र क्यान्सर कोषिका नियन्त्रण गर्न सके बिरामीहरुको बाच्ने अवधि बढ्न सक्छ। रोगबाट बच्न डिम्बासयको क्यान्सरको पारिवारिक ईतिहास भएका महिलाहरुले बिषेश सतर्कता अपनाउनु पर्छ। उनीहरुले नियमित स्वास्थ्य परिक्षणका साथै डिम्बासयको भिडियो एक्सरे, स्तनको म्यामोग्राफी ठूलो आन्द्राको कोलोनास्कपी पाठेघर भित्रको एन्ड्रोमेट्रिएल बायोप्सी आदि जाँचहरु गराउनु राम्रो हुन्छ। सन्तानको आवास्यक्ता पुरा भएपछी शल्यक्रिया गरि दुवै डिम्बसय झिक्नु राम्रो प्रतिरक्षात्मक उपाय हुन सक्छ। सामान्य महिलाले पनि चितवनकी शिक्षिकाले झै नियमित स्वास्थ्य परिक्षण गराउनु जाती हुन्छ। सौभाग्यबस यो रोगको निदान र उपचार सम्बन्धी सबै सुबिधा नेपालमै उपलब्ध छन् |

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips