क्यान्सर रोगीले ध्यानदिनुपर्ने कुराहरु !!

Posted by Sura Health on |







                                                                              खाना जिउनको निम्ति खानर्ैपर्छ तर कतिपय हामी मीठो स्वादको खानेकुराका भोका छौं । सन्तुलित खानाको अपरिहार्यतालाई लात मारका हुनसक्छौं । क्यान्सर यस्तो रोग हो, जुन हामीले सेवन गर्ने खानेकुरासँग प्रत्यक्ष सरोकार राखेका हु न्छ । अर्बुद रोगको बचावट आजको विश्वको माग हो किन कि यस रोग लागिसकेपछि उपचार खर्च निकै महंगो हुन्छ, जुन एक सामान्य नेपाली व्यहोर्नै सक्दैन । उपचार गरे पनि मृत्युलाई केही पर धकेल्ने मात्र हो, अधिकांश क्यान्सर रोग जटिल बनेपछि उपचार पद्धति प्रभावकारी छैन । एक अध्ययनुसार सन् १९९६ मा विश्वमा मर्ने कूल ५ करोड १३ लाख जानसंख्या ७१ लाख त केवल क्यान्सरले मात्र मरेका थिए । विशेषज्ञेका अनुसार हाल विश्वमा मृत्युको १२ प्रतिशत त केवल क्यान्सर मात्र भएको प्रकाश आएको छ । विश्व स्वास्थ्य संगठन प्रतिवेदन अनुसार सन् २००० पछि झण्डै असी लाख वाषिर्क रुपमा क्यान्सार मात्र विश्वमा मर्दछन् । नेपाल, भारत जसता विकासोन्मुख राष्ट्रमा मृत्युको तेस्रो प्रमुख कारण -३८ लाख प्रतिवर्ष भएको कुरा साँच्चै नै डरलाग्दो छ । प्राथमिकताको आधारमा फोक्सो, आमाशय, स्तन, पाठेघर, कलेजो, ठूलो आन्द्रा, खाना निल्ने नली, मुख एवं घाँटी, डिम्वाश य आदि अंशका क्यान्सर निकै प्रमुख हुन् । त्यसैले आजको समयको माग भनेको क्यान्सर भइसकेपछि उपचार गर्नुभन्दा क्यान्सर नै हुन नदिनु हो । नेपाल जस्तो गरिब राष्ट्रमा त यो कुरा धु्रव सत्य नै भएको छ । क्यान्रका कारक तत्व माथि ध्यान दिई होशियारी अपनाउनु पक्कै पनि लाभदायक हुनेछ ।कारक तत्वः

विश्व क्यान्सर अनुसन्धानत्मक संस्थाको अनुसार सन् १९९७ को एक प्रतिवेदनले विश्व भरिका मानिसलाई क्यान्सरबाट बच्ने सुझाव दिइएको छ, जुन पालना गरेमा निकै फलदायी हुनेछ ।
-क) हाम्रो खाद्य पदार्थ ज्यादा शाकहारी प्रकृतिको हुनर्ुपर्छ । मासु खानु राम्रो मानिदैन । मासु खाइहाल ेमा पनि रातो मासु त्यागी माछाको सेवन केही विसेक मानिन्छ । हरि यो सागसब्जी, गेडागुडी, आलु, रोटी, दाल भात, फलफूलले अर्बुद रोग निम्त्याउँदैनन ् ।
-ख) हामीले प्रत्येक दिन कम्तिमा पनि पाँच सय ग्राम सागपात एवं पाकेका फलफूल खानर्ुपर्छ । यो पदार्थमा हुने खनिज पदार्थ, भिटामिन, रेशायुक्त फाइबरले क्यान्सरबाट बचाउँछन् । फलफूलको रस वा झोल -जुस) भन्दा पुरै फलफूल फाइदाजनक हुन्छ ।
-ग) हाम्रा दैनिक भोजनमा दालभात लगायत गेडागुुडी पनि कम्तिमा ५६० ग्रामसम्म हुनर्ैपर्छ । खानामा समावेश हुने चामल, गेडागुडीको पालिस कम भएमा विज्ञ उत्तम मान्छन् । यी गेडागुडी प्रोटिनको राम्रो स्रोत हुन् । प्रति किलोग्राम शरीरको तौलमा ०.६ ग्राम प्रोटीन प्रतिदिन खानर्ैपर्छ ।
-घ) राँगा, भेडा, खसी, बंगुरको रातो मासुभन्दा माछा या कुखुराको मासु कैयौं गुणा राम्रो एवं स्वास्थ्यकर हु्न्छ । जे होस् दैनिक १०० ग्राम भन्दा बढी मासु खानु राम्रो होइन ।
-ङ) बेसी धुवाँमा सेकाएको एवं पोलेको खाद्य पदार्थ खाँदा पेटको क्यान्सर हुने संभावना बढ्दछ । त्यसैले सेकुवा, छोइला खानु पनि हानिकारक छ । सकेसम्म बफाएर, उसिनेर वा कम तापक्रम मापकाएको खानेकुराको सेवनले क्यान्सरबाट बच्न सकिन्छ ।
-च) जनावरको बासो खानु स्वास्थ्यको लागि निकै असरयुक्त छ । बोसोको सेवनले ठूलो आन्द्रा, स्तन एवं लोग्ने मान्छेमा लिङ्ग को फेद नजिकै हुने प्रोष्टेट ग्रन्थीको क्यान्सर हुनसक्छ ।
-छ) जाँड, रक्सीको सेवनले कलेजो, मुख, घाँटी एवं स्तनको क्यान्सर लाग्ने संभावना अधिक हुन्छ । नून बेसी हालेको चर्को खानेकुराले उच्च रक्तचाप गराउने मात्र नभई पेटको क्यान्सरको प्रवलतामा पनि उचाइ थप्छ । त्यसैले कम नून खानु उत्तम मानिन्छ ।
-ज) बासी खानेकुरामा विषाक्तता -माइकोट्याक्सिन) हुन्छ, जसले कलेलोको क्यान्सर गराउन सक्छ । त्यसैले ढुसी परेको वा पुरानो अचार स्वास्थ्यको लागि चिकित्सक ले असल ठान्दैनन् । उचित ता पक्रममा प्रिmजमा खानेकुरा राख्न सके तापनि हप्तौं भने राख्नु राम्रो हो इन ।
-झ) बसौंसम्म बट्टामा थन्क्याइएका रंगिन खाद्य पदार्थ पनि स्वास्थ्यका लागि राम्रो मानिन्न । यी तत्वलाई राम्रो देखाउन वा स्वादिष्ट बनाउन कृत्रिम तत्व मिसाइएको हुन्छन्, जसले अर्बुद रोग निम्त्याउन पनि सक्छन् ।
-ञ) मोटो शरीर पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । आफ्नो तौल उचाई अनुसार मिलेको हुनर्ुपर्छ ताकि भद्दा नहोस् । चिकि त्सकले बि.ए.आई विधिबाट उचाई अनुसारको तौल पत्ता लगाउन सहयोग गर्दछ । जस अनुसार २५ किलोग्राम वर्गमिटरभन्दा कम हुनुहुँदैन । खानामा चिप्लो, बासो खानेकुराको सट्टा रोटी गेडा गुडी एवं सागसब्जी बढी खाएमा मोटोपन कमी हुन्छ । नियमित कसरत, योगा एवं केही कठिन शक्ति खर्च हुने काम लाभप्रद हुन्छन् । दौडनु, छिटो हिड्नु, खेल्नु, पौडिनु राम्रो कसरतका प्रकार हुन् जसले शरीरलाई सदा चुस्त र स्फर्ूत राख्न सक्छन् । ज्यादा बजन हुनेलाई पेट पित्तथैली, पाठेघर, प्रोष्टेग्लान्डको क्यान्सर हुनसक्छ ।
उपसंहार ः- ठिकसँग खानपिन गरी सधै स्वस्थ एवं सक्रिय राख्न सकेमा चालिस प्रतिशतसम्म क्यान्सरबाट बच्न सकिने क्यान्सर विज्ञ बताउँछन् । छानिएका खानेकुराको सेवन एवं धुुम्रपानबाट टाढा रहेमा सत्तरी प्रतिशतसम्म क्यान्सरको खतरा घटाउन सकिन्छ भन्ने कुरा चिकित्सक बताउँछन् ।
नियति स्वास्थ्य प्रति सजग भई महिनाको एक पटक चिकि त्सकको जाँच एवं प्रशस्त फलफूल, पानी एवं सन्तु लित भोजन नै क्यान्सरको खतराबाट बच्ने सूत्र हो । अर्बुद रोगको लक्षणमा शरीरको केाठीमा परिवर्तन हुनु, मासुको डल्लोमा वृद्धि, दिसा-पिसापको बानीमा अस्वभाविक परिवर्तन, ज्रि्रो, गिजाबाट ज्यादा रक्तश्राव, गाँठा-गुठी निस्कनु, घाउ खटिरा निको नहुनु, आवाजमा परिवर्तन, खोकी लाग्नु एवं शरीरको वजनमा कम हुन्छ । त्यसैले आजबाटै क्यान्सर् विरुद्ध सचेत बन्ने

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips