Fobiya डर एक रोग !

Posted by Sura Health on |







                         मानिसहरु आफ्नो जीवनको कुनै न कुनै समयमा डराएका हुन्छन्। फरक यति हो कि कोही कम डराउँछन् भने कोही धेरै डराउँछन्।केही व्यक्तिचाहिँ यस्तो किसिमले डराउँछन् कि जसको कारणले उनीहरु आफ्नो दैनिक काम पनि सम्पन्न गर्न सक्दैनन्। यसले उनीहरुको जीवनमा निकै उथलपुथल ल्याएको हुन्छ। यस्ता व्यक्तिहरु मानसिक रोगी हुन सक्छन्। यस्तो समस्याको समयमै निदान र उपचार हुन अत्यन्त जरुरी छ। यो समस्या धेरैलाई हुने भए पनि लुकाएर राख्ने प्रवृत्तिले गर्दा यसको उपचारमा कठिनाइ आएको देखिन्छ।
डर? विभिन्न प्रकारका हुन्छन्। धेरैजसो बिरामी ँमलाई डर लाग्छ तर भन्न सक्दिनँ, केको डर हो? भनेर चिकित्सककहाँ जान्छन्। केही बिरामी कुनै चीज, जनावर, स्थान, परिवेश, भवन आदि मध्ये कुनै एकसँग डराउने हुन्छन् र त्यस्तो रोगलाई ँफोबिया? भनिन्छ।
मानसिक रोग विशेषज्ञकहाँ
यस्तो डर अथवा फोबियाबाट पीडित रोगीहरु उल्लेखनीय संख्यामा आउने गर्छन्। उनीहरु कुकुर, र्सप, छेपारो यावत् जनावरदेखि लिएर अग्लो ठाउँ, खुला ठाउँ, भीडभाड, बन्द कोठामा पनि डराउने हुन्छन्। कोहीचाहिँ कुनै सामाजिक क्रियाकलाप भएको ठाउँ जस्तै- पार्टी, चाडबाडदेखि डराउँछन्। यीमध्ये केहीचाहिँ धेरै व्यक्ति भएको ठाउँमा बोल्न, भाषण गर्न अथवा कुनै कार्यपत्र पेस गर्न डराउने हुन्छन्।
डर जेको पनि हुन सक्छ र यसले आन्तरिक रुपमा मानिसलाई धेरै कमजोर बनाइरहेको हुन्छ। पीडित व्यक्तिले यस रोगको कारण जीवनमा धेरै सम्भावना गुमाइरहेका हुन्छन्। आफ्नो क्षमताको राम्रो सदुपयोग गर्न नसकेका कारण बिरामी र उसका परिवारले आर्थिक एवम् सामाजिकरुपमा पछाडि पर्ने सम्भावना हुन्छ। जस्तै केही व्यक्ति प्लेन चढ्न डराउँछन्। त्यस्ता व्यक्ति विदेश भ्रमणमा जाने सम्भावना अत्यन्त न्यून हुन्छ। यसकारण त्यस्ता व्यक्तिको क्यारियरमा प्रत्यक्ष प्रभाव परेको हुन्छ।
केही व्यक्तिहरु कुनै जमघटमा बोल्न, भाषण गर्न, कक्षा सञ्चालन गर्न, कार्यपत्र पेस गर्न डराउने हुन्छन्। यस्ता कार्य गर्नुपरेमा या त गर्नलाई हिचकिचाउने या गरिहाले पनि अत्यन्त पीडासहित कार्य गर्ने गर्छन्। अझ शिक्षक, विद्यार्थी र विभिन्न शिक्षण संस्थामा काम गर्ने व्यक्तिलाई यस्तो मानसिक समस्या भएमा यसले उनीहरुको जीवनलाई ज्यादै कष्टकर बनाउँछ।
यस्ता व्यक्ति यही कारणले आफ्नो कार्य राम्रोसँग गर्न नसक्ने र सधैं तनावमा रहने गर्छन्। कक्षा सञ्चालन गर्नुभन्दा केही दिनपहिलेदेखि नै तनाव सुरु हुन्छ। कुनै न कुनै बहाना झिकेर उनीहरु त्यसबाट भाग्न खोज्ने प्रवृत्ति पनि देखाउन सक्छन्।
जब कक्षा सञ्चालन वा कुनै यस्तै काम कुनै हिसाबबाट गर्छ या अत्यन्त पीडाका साथ कार्य सम्पन्न हुन्छ, त्यसपछि फेरि कुनै तनाव रहँदैन। तर यस्ता व्यक्तिहरु आफूमा अन्तरनिहित समस्याले गर्दा हीन भावनाले ग्रसित हुन्छन्। केही व्यक्तिहरु डिप्रेसनबाट पनि पीडित हुन सक्छन्।
यसबाहेक केही व्यक्ति कुनै वस्तु जस्तै कि ठूलो भवन, पुलसँग पनि डराउन सक्छन्। अझ बन्द कोठा या स्थान, अग्लो भवन, अग्लो स्थानमा डराउने संख्या पनि धेरै छ।
के सबै डर रोग नै हो ?
डर भनेको हरेक मानिसमा हुने एक मानवीय गुण अथवा कमजोरी हो। त्यसैले सबै खाले डरलाई मानसिक रोग भन्न मिल्दैन। यस्तो डर जुन साधारण डरभन्दा कैयौं गुणा ज्यादा हुन्छ र यसबाट मानसिले मुक्ति खोजेको हुन्छ त्यसलाई मात्र रोग भन्न सकिन्छ।
कुनै वस्तु, अवस्था आदिसँग मान्छे डराउँछ र त्यसलाई अत्यन्त पीडादायी रुपमा भोगेको हुन्छ भने त्यसलाई पनि रोग भन्न सकिन्छ, त्यसैले यसको उपचार गर्नुपर्छ। यो फोबिया भन्ने रोगमा पीडित व्यक्तिलाई उसको डर हदभन्दा बढी छ र अनावश्यक छ भन्ने राम्रो हेक्का हुन्छ।
रोग लाग्नुको कारण
यस किसिमको मानसिक रोग लाग्नुमा पनि अरु मानसिक रोगजस्तै जैविक, वंशाणुगत, मनोवैज्ञानिक कारणहरु हुन सक्छन्। हाम्रो शरीरमा भएका विभिन्न किसिमका रसायनहरुको गडबडीले पनि यो रोग लाग्न सक्ने कुरा अहिलेसम्मको अनुसन्धानले प्रमाणित गरेको छ।
वंशाणुगत कारणले पनि कुनै न कुनै रुपमा यो रोग आएको हुन सक्ने सम्भावना देखिएको छ। त्यसबाहेक मनोवैज्ञानिक कारण जस्तै कि डराउने चीज या अवस्थासँग जीवनको कुनै समयमा डर र त्यस अवस्थाको गहिरो सम्बन्ध रहेको हुन सक्छ। जे होस्, फोबिया अथवा डरको रोगका धेरै कारणहरु हुन सक्छन् र यसै अनुसार यसको निदान र उपचार पनि धेरै हुन्छन्।
के सबै प्रकारका डर एकै हुन् ?
बाहिरी रुपमा हेर्दा सबै डर एकै किसिमका देखिए पनि डर एउटै मानसिक रोगचाहिँ होइन। यस पंक्तिमा वर्णन गर्न खोजिएको समस्या एक नरम प्रकारको मानसिक रोग हो। यसमा उसलाई लागेको डर अनावश्यक छ। त्यसकारण ँम रोगी हुँ, मलाई उपचारको जरुरत छ? भन्ने कुरा रोगीलाई अनुभूति हुन्छ।
कुनै-कुनै रोगीहरु कुनै विशेष व्यक्ति, अवस्था, समूहसँग कुनै शंकाको भरमा धेरै डराउँछन्। जस्तो कि कसैले आफूलाई मार्न या कुनै किसिमको हानि-नोक्सानी पुर्याउन खोजेको अनावश्यक शंका गरेर डराउनेहरु पनि हुन्छन्। यो रोग अर्कै किसिमको कडा मानसिक रोग हो। यसको बारेमा साधनाकै अरु कुनै अंकमा व्याख्या गरिनेछ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips