कसैका दाँत बढी सेता किन हुन्छन् ?

Posted by Sura Health on |







आँखा र केशको रंगझैं मानिसका दाँतको रंग पनि वंशाणुगत हुन्छ। अमेरिकन डेन्टल एसोसियसनका प्रवक्ता तथा दन्तचिकित्सक रिचर्ड प्राइस भन्छन्- ँकेही मानिसका दाँतमा धेरै सेतो इनामेलको लेपन हुन्छ र कसैका दाँतमा इनामेल धेरै पहेँलो हुन्छ।’
दन्तचिकित्सक प्राइसका अनुसार यसमा वातावरणीय कुराले पनि भूमिका खेल्छ। दाँत रुखमा देखिने चक्काजस्तै हो। यसले व्यक्तिको स्वास्थ्य र इतिहास बताउन सक्छ। बाल्यावस्थामा एन्टिबायोटिक टेट्रासाइक्लिन अथवा एमोक्सिलिन लिनेहरुको क्याल्सिफिकेसन प्रोसेसमा प्रभाव पर्दा दाँतको रंग ओइलाउने गर्छ। केही निश्चित खाद्य पदार्थले पनि दाँतको रंग धमिलो पार्ने गर्छ। कार्पेटमा दाग लगाएझैं कफी, चिया, कोला र रेड वाइनले दाँतमा पनि दाग लगाउन सक्छ। तर समय-समयमा सफा गर्नाले केही हदसम्म यो समस्याबाट छुटकारा पाउन सकिन्छ। 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips