आधा मस्तिष्ककी स्त्री !!

Posted by Sura Health on |







चीनको वुहान शहरकी ३९ वर्षीया एक महिलालाई सधैँ कमजोरीको महसूस हुन्थ्यो । त्यो शारीरिक दुर्बलता हटाउन उनले केसम्म गरिनन् ? जाने जति औषधमूलो र हुने जति काम सबै गरिन् । तर पनि शारीरिक दुर्बलता हट्न सकेन ।
यत्रो वर्षसम्म कारण पत्तो नलागेको अहिले आएर छर्लङ्ग भएकी छिन्, उनी । डाक्टरहरुका अनुसार उनको मस्तिष्कको आधा भाग नै छैन । मस्तिष्कको आधा भाग नभएका कारण उनले जति खाए पनि र मोटोघाटो देखिए पनि उनले आफूलाई सञ्चो महसूस गर्न नसकेकी हुन् ।
न्यूरल रिह्याबिलिटेशन डिपार्टमेन्टका निर्देशक झाङ लिनहाङले भने- "एमआरआई परीक्षण गर्दा त हामी छक्क पर्‍यौँ, मस्तिष्कको दायाँ भागमा हामीले खैरो पदार्थ मात्र पायौँ ।"
मस्तिष्कको बायाँ भाग अर्थात् देब्रे भागले भाषा र बोलीचालीलाई नियन्त्रण गर्ने गर्दछ । तर ती महिलासँग भने भाषाको कुनै समस्या थिएन । उनले राम्रोसँग बोल्न सक्थिन् भने बोलेका कुराहरु बुझ्न सक्थिन् । ती महिलाको जीवन अत्यन्त साधारण रहेको र उनकी एक छोरी पनि साधारण जीवन बिताइरहेको एनानोभा समाचार संस्थाले आफ्नो समाचारमा जनाएको छ ।"
आधा मस्तिष्क उनको टाउकोमा हुँदा समेत उनले उच्च विद्यालयबाट राम्रो अङ्क ल्याई पास भएको पाएपछि हामी चिकित्सकहरु छक्क परेका छौँ । उनको स्मरणशक्ति ज्यादै राम्रो छ र उनले हामीलाई एकसाथ अनेक नाम र नम्बर बताएकी थिइन्", निर्देशक झाङ लिनहाङले बताए ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips