पुर्वमा पहिलो अपाङ्गमैत्री अस्पताल सुरु !!

Posted by Sura Health on |







wheelchair                                  पूर्वाञ्चलमै पहिलो पटक धरानमा अपाङ्ग मैत्री अस्पताल शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपाङ्ग मैत्री भवन नहुँदा समस्या झेलिरहेका बिरामीहरुलाई समेत सुविधा पु¥याउने लक्ष्यसहित धरान १० पुतली लाइनमा खुलेको विजयपुर हस्पिटलको पाँच तले भवनको भ¥याङ पाँचतलासम्मै अपाङ्गमैत्री बनाइएको छ । नाक, कान, घाँटी, जनरल मेडिसन, स्त्री रोग तथा प्रसुती, प्याथोलोजी, रेडियोलोजी, हाडजोर्नी, एनिस्थेसिया लगायतका उपचारमा हाललाई एक सय बेड सञ्चालन गर्ने समेत सञ्चालक पंकज खतिवडाले जानकारी दिनुभयो ।


करिब १० करोड बराबरको लागत लागिसकेको सो भवनमा सम्पूर्ण व्यवस्था गरिसक्दा १३ करोडको हाराहारीमा पुग्ने उहाँको भनाई छ । १५ बेडको बच्चावार्डबाट गत कार्तिक १० गतेबाट शुरु भएको सो अस्तालको औपचारिक सुरुवात चाहि शनिबारबाट भएको हो ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips