मेडिकल कलेज सम्बन्धन प्रक्रिया रोकियो !!

Posted by Sura Health on |







                      tu                                                                                                                                                                        त्रिभुवन विश्वविद्यालय (टियु)ले नयाँ मेडिकल कलेज सम्बन्धन प्रक्रिया रोकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धनको विषयमा टियुका उपकुलपति डा. हिराबहादुर महर्जन संग स्पष्टिकरण लिएपछि सम्बन्धन प्रक्रिया स्थगित भएको हो । उच्च स्रोतका अनुसार टियुका उपकुलपति डा. महर्जनले अनुगमन टोली प्रमुखलाई पत्रकाटि अनुगमन नगर्न निर्देशन दिएका छन् । टियुले आइओएमको सहमती बिना सम्बन्धनका लागि अनुगमन शुरु गरेको थियो ।

नेपाल सरकारको रातो किताबअनुसार नै टियुले सम्बन्धन प्रक्रिया अगाडि बढाएकाले आइओएमका पदाधिकारी हच्किएका थिए । जबरजस्ती सम्बन्धनको निर्णय लाद्न खोजे आइओएमका डिनसहित्का अधिकांश पदाधिकारीले राजीनामा दिने बताएपछि डा. महर्जन अप्ठेरोमा परेका थिए । स्वास्थ्य खबरपत्रिकाले सम्बन्धनका विषयमा समाचार सम्प्रेषण गरेपछि अख्तियारले चासो लिएको थियो ।


टियुले ४ वटा मेडिकल कलेजलाई सम्बधन दिने प्रक्रिया अगाडि बढाएपछि बिबादमा परेको हो । आइओएमले नयाँ कलेजलाई सम्बन्धन दिनसक्ने अवस्था नरहेको बताएपनि टियुले आफै कार्यदल गठन गरी सम्बन्धनको प्रक्रिया अगाडि बढाएको छ ।


सम्बन्धनका लागि अनुगमनमा परेका प्रस्तावीत मेडिकल कलेजमा काठमाण्डौ नेशनल मेडिकल कलेज, मनमोहन मेडिकल कलेज, पिपुल्स डेन्टल एण्ड मेडिकल कलेज र नेपाल प्रहरीको मेडिकल कलेज थिए । काठमाण्डौ विश्वविद्यालय पनि मेडिकल कलेजलाई सम्बन्धन दिन रोकेको छ । ४ वटा मेडिकल कलेजका अनुगमन टोलि प्रमुखमा डा. शशि शर्मा, डा. डिएन शाह, डा. कृष्ण कुमार वली र डा. करवीरनाथ योगी थिए ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips