लिंग परीक्षणपछि गर्भपतन अपराध !!
Posted by Sura Health on |
काठमाडौं, मंसिर ६ - नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती महिलालाई कुनै किसिमको दबाब दिएर इच्छाविपरीत गर्भपतनको प्रयास गर्नु र भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउनु कानुनी अपराध रहेको जनाएको छ ।
नेसोगले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा लिंग पहिचान गरी गर्भपतन गर्ने/गराउनेबारे धारणा सार्वजनिक गरेको हो । नेसोगमा ३ सय प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सदस्य छन् । नेसोगले जारी गरेको पम्प्लेटमा कानुनभन्दा बाहिर गएर गर्भपतन सेवा लिने र प्रदान गर्ने व्यक्ति वा संस्था सजायको भागीदार हुनुपर्ने उल्लेख छ । नेसोगका अध्यक्ष पुष्पा चौधरीले पम्प्लेट सबै प्रसूति तथा स्त्रीरोग विशेषज्ञले सेवा दिने क्लिनिकमा राखिने बताइन् ।कानुनको परिधिभित्र रहेर मान्यताप्राप्त संस्था वा स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन सेवा लिन पाउनु नेपाली महिलाको अधिकार रहेको समेत नेसोगले जनाएको छ । कानुनअनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ सातासम्मको गर्भपतन गराउन सकिन्छ । बलात्कार वा हाडनाता करणीबाट बसेको १८ सातासम्मको गर्भलाई पनि महिलाले पतन गराउन सक्छन् । चौधरीका अनुसार गर्भपतन नगराए महिलाको ज्यान खतरामा पर्ने भएमा, गर्भवती भएकै कारण शारीरिक वा मानसिक स्वास्थ्यमा असर पर्ने भएमा र गर्भमा भ्रूण विकलांग भएमा महिलाले चिकित्सकको रायमा कुनै पनि बेला गर्भपतन गराउन सक्छन् ।
नेसोगले सन् २०१४ मा आपmनो २५ औं वाषिर्कोत्सवका अवसरमा 'हरेक छोरी शिशु महत्त्व राख्छ' भन्ने नारासहित छोरी भ्रूण हत्याविरुद्घ जनचेतनामूलक कार्यक्रम गर्ने घोषणा पनि गरेको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.