निवूवाको उपयोगीता !

Posted by Sura Health on |







http://picasaweb.google.com/lh/photo/JzXhB3eRLEVSzFLG4E2qxtp5sUfEXe5HOX3dKOesY04                                                                                  निवूवाको उपयोगीता
राम्रोसँग व्यवहारमा ल्याउन सके धेरै नै फाइदाहरु प्राप्त गर्न सकिन्छ । वैज्ञानिकहरु यसलाई प्रमुख फलको रुपमा लिएका छन् ।
यो लेखलाई पाठकज्यूहरुले राम्रोसँग अध्ययन गरी मानव जीवनमा उपभोग्य सामाग्रीहरु तयार पारी प्रयोग गरी लाभ लिन सक्नु भएको खण्डमा मेरो परिश्रम खेर जाने छैन भन्ने आशा गर्दछु । साथै अझै राम्रा–राम्रा लेखहरु लेख्ने प्रेरणा मिल्ने नै छ भन्ने आशामा छु ।
प्रतिदिन व्यवहारमा आउने निवुवा अति गुणकारी एवं उपयोगी फल मानिएको छ । प्राकृतिक चिकित्साको दृष्टिले पनि अति उत्तम मानिएको निवुवा मानव स्वास्थ्य एवं सौन्दर्यताको लागि उत्तिकै महत्वपूर्ण भरिपूर्ण छ ।
यो सफाईको काममा पनि आउँछ । यो औषधिको रुपमा, यसको प्रयोगले स्त्री एवं पुरुष
सबैको सौन्दर्यताको रहस्य यसै निवुवामा विद्यमान छ । प्रत्येक व्यामिहरुको चाहना आफ्नो शरीर लाई राम्रो र आकर्षक र सुन्दर बनाउने हुन्छ ।
यसै समस्याको समाधान गर्न प्रकृतिले हाम्रो लागि अनुपम उपहार दिएको छ । निवुवामा भिटामिन सि भरिपूर्ण पाइन्छ । निवुवा एक छ तर यसलाइ
१. निवुवाको गुण र परिचय ः
प्रत्येक घरमा पाइने वा उत्पादन गर्न सकिने कागती निवुवा हाम्रो लागि अति महत्वपूर्ण औषधि मानिएको छ । यसको प्रयोग धेरै रोगहरुमा गर्न सकिन्छ । निवुवा एउटा साधारण फल हो । यसको गुण हेर्दा अति बहुमुल्य छ ।
निवुवामा पाइने प्रमुख भिटामीन सि को कमिबाट निम्न रोगहरु स्कर्वी, हड्कीको जोडमा दुख्ने रक्तश्राव हुने दाँत सम्बन्धि रोग (हर्सा) र अन्य चर्म रोगहरुको नाश गर्न यसले मद्दत गर्दछ ।
निवुवामा पाइने पोटासियम, कार्वोवेज,साइट्रिक एसिड, फस्फोरीक एसिड, काब्रोहाइड्रेड
एवं अन्य मानिसलाई नभै नहुने खनिज पदार्थहरु पाइन्छ । निवुवामा पाइने पोटासियमको मुख्य काम हृदय र रक्तबाहीनी नलीलाई शक्ति दिने र त्यसमा लचक पैदा गर्ने महान शक्ति छ । काव्रोवेज ले शरीरमा बल र गर्मीलाई स्थीर राख्नको लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साइट्रिक एसिड र पोटासले ज्वरो, अमिलो डकार र मुखमा पानी आउने,हृदय छाति पोल्ने, पेट दृुख्ने सबै ठीक गर्दछ । युरिक एसिडबाट हुने रोगहरुलाई केही कम गराउँछ । निवुवाको रस तातो पानीमा मिलाई पिउनाले वृद्ध अवस्थामा हुने रोग मध्ये पाचन शक्तिलाई बढाउँछ ।
शरीरमा भएको विषालु पदार्थलाई फाली भोक जगाउने, खाएको अन्न राम्रो सँग पचाउने हुन्छ हुने हुन्छ । लामो समय सम्म बाँच्ने इच्छा भएकाहरुले नियमित रुपमा तातोपानीमा निवुवा निचरी खानु राम्रो हुनेछ ।
निवुवाको अमिलोले पेटलाई कुनै प्रकारको क्षती गर्दैन । वर्षा ऋतुमा निवुवाले विशेष फाइदा गर्दछ । यसले बढेको पित्तलाई सान्त पार्दछ । तथा आमासयका रोगीहरुलाई पनि लाभ गर्दछ ।
मानसिक कार्यगर्नेहरुका लागि पनि उपयोगी छ । चियामा दुधको सट्टामा निवुवाको प्रयोग गर्ने बानी बसालेमा टाउको दुख्ने, रिङटा लाग्ने जस्ता समस्याहरुको समाधान यसले गर्दछ । निवुवाको बोक्रालाई राम्रो सँग पिसि लेप युक्त भएपछि टाउको दुख्ने, अर्धकपाली रोगमा लगाउनाले पनि ठीक हुन्छ । वनस्पति विज्ञानको अनुसार निवुवाहरु ७०प्रकारका प्रजातीहरु छन् । जसमा अमिलो र मिठो दुवै प्रकारका पाइन्छ । भिन्न भिन्न भाषामा यसलाई अलग अलग नामले पुकारिन्छ । निवुवाको जाती प्रजातिहरुमा कुनै बाक्लो बोक्रा भएको कुने पातलो बोक्रा भएको पाइन्छ । पातलो बोक्रा भएको निवुवाबाट बढी रस प्राप्त गर्न सकिन्छ । यस पुस्तकमा पातलो बोक्रा भएको निवुवाको बारेमा मात्र लेखिएको छ । विभिन्न भाषामा यसलाई विभिन्न नामले पुकारिन्छ । हिन्दी भाषामा यसलाई नींबू, कागती नींबू, संस्कृतमा निंव, त्रिम्पाक, अंग्रेजीमा लेमन लेटिनमा साइट्रस एसिड वा लेमोनिया एसिडा,स्थानीय भाषामा वा नेपाली भाषामा कागती, निवुवा,वीजुर निवुवा, अमिलो, आदि नामले पुकार्ने चलन छ । काँचो निवुवा हरियो र पाकेको निवुवा पंहेलो हुन्छ ।
कागती निवुवाको रसमा अल्प परिणाममा फास्फोरिक एसिड, एसिड, कार्वोहाड्रेट सम मुख्यतया साट्रिक एसिड लगभग ३ देखि १२ प्रतिशत सम्म हुन्छ । यसको बोक्रामा एक प्रकारको उदनसिल तेल पाइन्छ । अरु फलको रसको दाँजोमा निवुवाको रसमा मानव संजिवनी विशेष परिणाममा पाइन्छ । निवुवाको रसमा अल्कालाइजर खनिज पदार्थ पाइन्छ । स्कारलेण्डका प्रसिद्ध डाक्टर जेम्स लिन्डले १९५३ मा आफ्नो पुस्तकमा लेखेका छन् कुनै फलफुल खाँदा भएको खरावी रक्त विकारलाई हटाउने शक्ति केवल कागती, निवुवामा मात्र पाइन्छ भनि रहस्य खोलेका छन् ।
कागती निवुवा हाम्रो दैनिक जीवनमा नभै नहुने वस्तु भएकोले यसले बोक्राहरु जलाउन वायु सुद्ध भई स्वास्थ्य प्रदान गर्ने यस्तो वस्तुलाई बढि उत्पादन गरी मानव कल्याण गरौँ ।
२. गजापन
गजापन २ प्रकारको हुन्छ । एउटा रोगको कारणले र अर्को बंशजको कारणबाट यस लेखमा रोगको कारणबाट भएको एलोपिसियाको बारेमा लेखिएको छ । १ देखि २ चम्चा जति चनाको वेसन गाढा घोल बनाई एउटा कागती निवुवाको रस त्यसमा हाली टाउकोमा लगाउने आधा घण्टा पछि स्नान गरी टाउको. धुने त्यसपछि नरिवलको तेलमा एक चम्चा निवुवाको रस मिलाई टाउकोमा लगाउने एक दुई हप्तामा बाल क्रमश उम्रन थाल्दछ ।
३. गोरो रंग बनाउने क्रिम ः
छालाको रंग गोरो बनाउनको लागि घाममा सुकाएको निवुवाको बोक्रा पिसी थोरै वेसन मिलाई त्यसमा चिसो दुध घोली चेहरामा क्रिम जस्तो गरीे लगाउने १५ मिनेट सम्म चेहरामा लगाई राम्रो सँग मालिस गर्ने र धुने यसको प्रयोगबाट अनुहार गोरो र चम्किलो बनाउँछ ।
४. आँखाको तल कालो पोतो भएमा ः
यो दागमा निवुवाको रस नौनी घिउमा मिलाई लगाउनाले ठीक हुन्छ ।
५. उल्टी हुने भएमा ः
निवुवाको रस थोरै पानीमा राखी पिउनाले ठीक हुन्छ ।
६. मुखबाट रगत आएमा ः
निवुवाको रसलाई एक गिलास पानीमा निचोरी पिउनाले मुखबाट रगत वग्ने भएमा ठीक हुन्छ ।
७. चाउरी परेको छाला ठीक गर्न ः
कागती निवुवाको रसमा गुलाब जल मिलाई लगाउनाले चाउरी परेको छाला राम्रो हुन्छ ।
१२. काटेको ठाँउबाट बढी रगत बगेमा वा
नाथ्रो फुट्ने रोग भएमा ः
काटेको ठाँउबाट बढी रगत बग्ने भएमा निवुवा निचरी हाल्नाले रगत बन्द हुन्छ । नाथ्रो फुट्नेरोग भएमा निवुवा निचरी कपडामा छानेर नाकमा पिचकरी दिनाले रगत बन्द हुन्छ ।
१३. योनीमा वा लिङ्गको बाहिरी छाला
चिलाउने भएमा ः
निवुवाको रस जहाँ चिलाउँछ त्यस भागमा लगाउनाले यो रोग ठीक हुन्छ । लगाउदाँ केहि जलन हुन सक्छ । केहि छण पछि राम्रो हुन्छ ।
१४. मुखको घाउ ठीक गर्नु परेमा ः
यो रोगको प्रमुख कारण ८० प्रतिशत पेट सम्बन्धी रोगको कारणले हुने गर्दछ । खाली पेटमा २० एम.एल. जति रस कागतीको निचोरी नून वा मिश्री मिलाई नित्य पिउनाले पेटको विष निकाली यो रोग ठीक हुन्छ ।
१५. सर्दि जुकाम (रुघा) लागेमा ः
सर्दि जुकाम रोगमा २ वटा निवुवाको रस उम्लिरहेको ४०० मि.लि. पानीमा हाल्ने मनतातो भए पछि त्यसमा मह मिलाई राती सुत्ने बेला पिउने
यसले सर्दि जुकाम, रुघा ठीक गर्दछ ।
१६. मोटोपन घटाउन परेमा ः
निवुवाको र एक गिलास पानीमा राखी बिहानै पिउनाले शरिरमा भएको अनावश्यक मासु र बोसो घटाई शरीर राम्रो बनाउँछ । यो प्रयोग ग्रिष्मकालमा प्रयोग गर्नु पर्छ । नियम पूर्वक ध्यान दिने, बोसो युक्त आहार त्याग्ने गरेमा छिटो लाभ लिन सकिन्छ वा पेटमा बोसो पलाई पेट बढ्ने भएमा बिहानै तातो पानीमा २ चम्चा मह र निवुवाको रस मिलाई पिउनाले एवं तेलबाट बनाएका पदार्थहरु खानाले यो रोग ठीक हुन्छ ।
१७. दाँत सेतो र चम्किलो बनाउन ः
निवुवाको बोक्रालाई सुकाई जलाउने र राम्रोसँग पिसि त्यसमा सिधेनुन मिलाई दाँत माझ्नाले दाँत सेतो र चम्किलो हुन्छ ।
१८. ओठ कालो भएमा ः
निवुवा र ग्लीसिरीन मिलाई ओठमा लगाउनाले कालोपन हराई रातो र राम्रो बनाउँछ ।
१९. चेहरालाई सुन्दर र चम्किलो बनाउनको लागि ः
राती सुत्ने बेलामा ग्लीसिरीनमा निवुवा निचरी अनुहारमा लगाउनाले केहि दिनमा फाइदा देखिन थाल्छ ।
२०. चेहरामा डण्डीफोर र कालो पोतो
हटाउन परेमाः
राती सुत्नु भन्दा पहिले तातो पानीले चेहरालाई वाफ दिने त्यसपछि चिसो पानीले मुख
धोएर निवुवाको रसमा नरिवलको तेल मिलाई लगाउने र अर्को दिन मन तातो पानीले मुख धुने
यो नियम नियमित फाइदा नहुदाँ सम्म गरिरहने तवमात्र लाभ हुन्छ ।
२१. कपाल झर्ने रोग भएमा ः
दुई भाग निवुवाको रस एक भाग मह मिलाई धुने यसको प्रयोगबाट कपाल झर्ने रोग ठीक हुन्छ ।
२२. चायाँ हटाउने ः
निवुवाको रसमा चिनी मिलाई सर्वत बनाउने र सर्वतलाई टाउकोमा लगाई २–३ घण्टा सम्म घाममा बसे पछि साबुनले बाल धुने । सबै झुसी डेण्डरफ साफ हुन्छ ।
२३. छोरी छोरी हुनेले छोरो जन्माउन चाहेमा ः
विजुरी निवुवाको जरो महिनावारी भएको तेस्रो दिन देखि खाने र ३ दिन पछि सहवास गर्ने भावी सन्तान छोरा नै हुनेछ । परमपिता परमेश्वरको दया भए सब मनकामना पुरा अवश्य हुनेछ ।
२४. जुम्रा परेमा ः
निवुवा र लसुनको रससँगै मिलाई यसरी मिलाएको औषधीलाई सिरमा लगाउनाले सबै जुम्रा झर्दछन् ।
२५. कपाल चम्किलो र लामो बनाउन परेमा ः
४ ठूलो चम्चामा निवुवको रसमा ४ चम्चा अमलाको रस राम्रोसँग मिलाई बालको जरा सम्म पुग्ने गरी राम्रो सँग लगाउने २ घण्टा पछि कपाल धुने यसको प्रयोगले कपाल लामो र चम्किलो हुन्छ ।
२६. गर्दनको मैला फाल्नु परेमा ः
चिसो मौसममा गर्दनमा मैला जम्मा हुनेछ नुहाउनाले सबै मैला सफा हुन्छ ।
२७. गिजा, फुल्ने, पाक्ने र रगत बग्ने रोग भएमा ः
रस नभएको निवुवाको बोक्राले दाँत माझ्नाले र हल्का मन तातो पानीबाट कुल्ला गर्नाले यो रोग ठीक हुन्छ । मह र निवुवाको रस मिलाई चपाउनाले खोकी कम हुन्छ ।
२९. नङ पालेको भाँचिने भएमा ः
नङ पातलो हुनका कारण भाँच्चिन सक्दछ । निवुवाको रसले नङलाई मालिस गरी १५ मिनेट पछि धुनुपर्छ । नङमा केहि पस्न गएमा भाँचिने भएमा निवुवाले सफा गर्नु पर्छ ठीक हुन्छ ।
३०. आउँ पेचीस (रगत मासी) परेमा ः
पानीमा निवुवा निचोरी पिउनाले ठीक हुन्छ ।
३१. ज्वरो आएमा ः
नुन कालो मरिच, निवुवामा छरि चुस्नाले ज्वरोको ताप कम हुन्छ ।
३२. मुख गनाउने सास गनाउने भएमा ः
निवुवाको रस एक भाग अर्कगुलाब २ भागमा मिलाई बिहानै बेलुका कुल्ला गर्नाले सास गनाउन छोड्छ तर यो नियमित गर्नुपर्छ ।
३३. कब्जीयत हटाउने परेमा ः
एउटा निवुवाको रस गिलास मन तातो पानीमा राखी राती सुत्ने बेला लिनाले पेट साफ हुन्छ । निवुवाको रस र चिनी १२ ग्राम एक गिलास पानीमा राखी केहि दिन प्रयोग गर्नाले पुरानो भन्दा पुरानो कब्जीयतको नास हुन्छ ।
३४. उल्टी हुने रोगमा ः
निवुवामा चिनी र कालो मरिच दुवै मिलाई कागती निवुवामा राखी चुस्नाले उल्टी बन्द हुन्छ । निवुवामा इलाइची राखी चुस्ने गरेपनि उल्टीमा ठीक हुन्छ । उल्टीका रोगीहरुले गरम गरेको निवुवा खानु हुदैन् ।
३५. पेट दुख्ने भएमा ः
कुनै पनि कारणबाट भएको दुखाईमा १२ ग्राम निवुवाको रस ७ ग्राम अदुवाको रस त्यतिनै मह मिलाई पिलाउनाले पेट दुख्न ठीक हुन्छ । निवुवाको साथमा कालो नुन, कालो मरिच र जिरा भरि गर्म,चुस्नाले पेट दुख्न ठीक हुन्छ ।
३६. बाथ रोग भएमा ः
बाथ जन्य रोगहरु यूरिक एसिडको कारणबाट हुने गर्छ । यो समस्याबाट ठीक हुनाका लागि बिहानै खाली पेट एक गिलास तातो पानीमा एउटा निवुवाको रस आधा चम्चा जति अदुवाको रस पिउनाले पिसाबको माध्यमबाट शरीरमा व्याप्त युरिक एसिड निस्कन्छ । साथै निवुवाको रसले जोर्नी जोर्नी सुनिने भएमा मालिस गर्नाले सुजन समेत नष्ट भई ठीक हुन्छ ।
३७. छाला सम्बन्धि रोग ः
निवुवा सबै प्रकारको चर्म रोगको अति उत्तम औषधी हो । यसको प्रयोगबाट दाद, खाज, लुत्तो सबै रोगमा निवुवाको पानीले धुने गर्नाले ठीक हुन्छ साथै निवुवा लगाउनाले पनि राम्रो फाइदा लिन सकिन्छ । नरिवलको तेलमा निवुवाको रस मिलाई लुत्तो भएकाहरुले लगाई मालिस गर्नाले यो रोग ठीक हुन्छ । यसैगरि निवुवाको तेलमा फिट्किरी मिलाई लगाउनाले दाद ठीक हुन्छ ।
३८. मलेरिया ज्वरोमा ः
नुन, कालो मरिच, निवुवामा राखी चुस्नाले ज्वरो कम हुन्छ । निवुवाको बोक्रा सहित ५०० ग्राम पानीमा मिलाई माटोको हाँडीमा राखी राती उमाली बाँकी भए पछि बिहानै यसलाई पिउनाले मलेरिया ठीक हुन्छ । पानीमा निवुवा निचरी स्वादको लागि चिनी मिलाई पिउनाले ४ दिनमा मलेरिया ठीक हन्छ ।
३९. ब्लड प्रेसर हाइ भएमा ः
निवुवाको सेवन गर्नाले हृदयको कमजोरीलाई कम गर्दछ । निवुवाको सेवनले उच्च रक्तचाप रोग ठीक गर्दछ । कडा से कडा रक्त चाप भएमा पानीमा निवुवा निचरी पिउनु पर्दछ ठीक हुन्छ ।
४०. मुत्र विकारमा ः
निवुवाको विउलाई पिसि नाभी स्थानको र मुत्र स्थानको माथि लेप गरी त्यसपछि चिसो पानी राख्नाले तुरुन्त पिसाब खुल्छ । पिसाब पोल्ने भए ठीक हुन्छ ।
४१. टि.बि.को ज्वरो ः
जसलाई लगातार ज्वरो आउने गर्दछ उसलाई ११ पत्ता तुलसी स्वाद अनुसार नुन, जिरा, हिङ्ग एक गिलास गर्म पानीमा २५ ग्राम निवुवाको रस मिलाई दिनमा ३ पटक पिउनाले हनहनी ज्वरो पनि ठीक हुन्छ ।
४२. मधुमेह (हायविटिच) ः
मधुमेहका रोगीहरुले नियमित निवुवाको रस पानीमा राखी पिउनाले ठीक हुन्छ प्यास कम गराउँछ ।
४३. दम बढेमा ः
दमको दौरा पर्ने भएमा तातो पानीमा निवुवा निचोरी पिउनाले तुरुन्त फाइदा गर्दछ । रोगीले प्रति एक निवुवाको रस २ चम्चा मह, एक चम्चा अदुवाको रस र एक कप गरम पानीमा मिलाई पिई रहनाले दमको रोगमा केही फाइदा हुन्छ ।
४४. मिरगी रोगको लागी ः
एक रती जति हिंङ्ग निवुवामा मिलाई चुस्नाले मिरगीको दौरा उठ्ददैन यदि लागेमा तुरुन्त खानु पर्छ राम्रो काम गर्छ ।
४५. मोतीया विन्दु भएमाः
एक चम्चा जेठी मधुको मह एक चम्चा अदुवाको रस एक चम्चा निवुवाको रसमा, एक चम्चा सेतो प्यजको रस सबैमा १२ ग्राम मुलाव जल मिलाई अाँखामा राख्नाले मोतिया विन्दु रोग ठीक हुन्छ । यो नियम ३,४ महिना सम्म गर्नु पर्छ ।                           

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips