गर्वास्थामा पीडा कम गर्ने औषधी खाना हुन्छ की हुँदैन !!

Posted by Sura Health on |







health                                                                                               म २१ वर्षकी विवाहित महिला हुँ। हाल मेरो गर्भमा चार महिनाको शिशु छ। आजभोलि मेरो ढाड दुख्न थालेको छ। यो नराम्रो लक्षण त होइन ? यस्तो अवस्थामा पीडा कम गर्ने औषधि खान हुन्छ कि हुँदैन ? 


सामान्यतः गर्भ रहेको दोस्रो तीन महिना सुरक्षित एवं राम्रो अवस्था हो। उक्त अवस्थामा खानामा पनि रुचि बढ्छ। कसैकसैलाई ढाड दुख्ने समस्याले पिरोल्न सक्छ। पाठेघर ठूलो भएर ढाडको मांसपेशी तन्केर पनि त्यस्तो हुन्छ, तर यो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्नु राम्रो होइन। यस्तो अवस्थामा तातो रबर ब्यागले सेक्दा वा आराम गर्दा पनि पीडा कम हुनसक्छ। चिकित्सकको सल्लाहमा खानेभन्दा पनि लगाउने औषधिहरू प्रयोग गर्नु राम्रो हुन्छ। पीडा कम गर्ने औषधि ढाडमा लगाउँदा पर्याप्त आराम मिल्छ !

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips