क्षयरोग बाट कसरी बच्ने र यसको उपचार !

Posted by Sura Health on |







क्षयरोगलाई अंग्रेजीमा ट्युबरक्युलेसिस वा टी.बी. भनिन्छ । यो माइक्रोब्याक्टेरियम ट्युबरक्युलेसिस ९ःथअयदबअतभचष्गm तगदभचअगयिकष्क० भन्ने सूक्ष्म ब्याक्टेरियाले हुने सरुवा रोग हो । यसले मुख्यतः फोक्सोलाई असर गर्छ, आन्द्रा, दिमाग, हड्डी, जोर्नी एवं शरीरका अन्य तन्तुलाई पनि आक्रमण गर्न सक्छ । क्षयरोग जन्तुलाई भएमा बोभाइन टी.बी. ९द्ययखष्लभ त्।द्य।०
भनिन्छ ।
विश्वमा प्रतिवर्ष झन्डै ५० करोड क्षयरोगी भएकोे अनुमान गरिएको छ, जसमध्ये करिब ५० लाख मानिस बर्षेनी मृत्युको मुखमा पुग्छन् । हाम्रो देश नेपालको सन्दर्भमा बर्सेनी झन्डै ५० हजारलाई क्षयरोग लागेको देखिन्छ ।
सङ्क्रमण ः
क्षयरोग कीटाणुको फैलावट मानिसबाट मानिसमा वा सङ्क्रमित जनावरबाट मानिसमा सर्न सक्छ । यदि खकारमा कीटाणु छन् भने पनि सजिलै स्वस्थ मानिसमा सर्न सक्छन । कीटाणुले ग्रस्त भएको गाई–भैँसी वा अन्य जन्तुको काँचो दूधबाट पनि क्षयरोग सर्न सक्छ । तर दूध राम्ररी उमालेमा क्षयरोग सर्ने सम्भावना शून्य नै हुन्छ ।
रोगका लक्षणहरु ः
१. क्षयरोगका विरामीलाई लगातार दुई–तीन हप्तासम्म खोकी लाग्छ ।
२. खकारमा रगत आउन सक्छ ।
३. साँझपख हलुका ज्वरो आउँछ, राति पसिना आउँछ ।
४. छाती दुख्छ ।
५. खाना खान मन लाग्दैन ।
६. शरीर कमजोर र दुब्लो हुँदै जान्छ ।
कीटाणु कस्तामा बढी पाइन्छ ?
१. क्षयरोगले सबै उमेरका व्यक्तिमा जरो गाडे तापनि बच्चाहरुलाई भन्दा वृद्धहरुलाई बढी प्रभावित पारेको देखिन्छ । उमेर ढल्किँदा शरीरको प्रतिरक्षात्मक शक्तिमा ह्रास आउँछ ।
२. पुरुषहरुमा तुलनात्मक रुपमा रोग बढी देखिएको छ ।
३. सन्तुलित भोजन नखाने व्यक्तिमा क्षयरोगको कीटाणुले सजिलै बास गर्नसक्छ । प्रोटिन, खनिज पदार्थ, भिटामिन हाम्रो खानाका अत्यावश्यक तत्व हुन् ।
४. बी.सी.जी. खोप क्षयरोगविरुद्ध निकै प्रभावकारी देखिन्छ । यसले प्रतिरक्षाको काम गर्छ ।
५. धुम्रपान, मध्यपान गर्ने, कमजोर आर्थिक अवस्था भएको व्यक्तिमा ।
ट्युबरक्युलिन परीक्षण ः
यदि ट्युबरक्युलिन परीक्षण सकारात्मक भएमा क्षयरोगको सम्भावना बढी हुन्छ । यो जाँच भन पिरकिट ९ख्यल(उष्चत्रगभत० ले सन् १९०७ मा पत्ता लगाएका हुन् । यो जाँच दक्ष व्यक्तिको सहायताबाट मात्र गर्न सकिन्छ ।
रोकथाम ः
एम्.टयुबरकुलाई डूप्लेट सङ्क्रमण विधि ९म्चयउभित ष्लाभअतष्यल० बाट सर्छ । हावामा अति सूक्ष्म रुपमा पनि कीटाणु बाँच्न सक्छन् । रोगीको नजिकै बस्नु हुदैन् । रोगीको रुमाल वा व्यक्तिगत कपडा अरुले प्रयोग नगर्न सल्लाह दिइन्छ । कपडा तातो पानीमा उमालेर धोएमा कीटाणु मर्न सक्छन् । बिरामीको खकार खाडलमा पुरिदिए उत्तम हुन्छ । यत्रतत्र थुक्नु भनेको कीटाणु हावामा फैलाउनु हो ।
क्षयरोगीलाई माया–ममता दिनुपर्छ । यो रोग लगातार औषधी नछुटाई खाएमा सजिलैसँग निको हुन्छ । यसका निम्ति झन्डै १२–१३ थरीका औषधी प्रभावकारी भए पनि ६ वटाजति प्रायः प्रयोगमा छन् । औषधीले कीटाणु मार्छ, वा किटाणुको वृद्धिमा रोक लगाउछ । रिफाम्पिसिन, आइसोनाएजाइड, इथाम्बुटोल, स्टूेप्टोमाइसिन, पाइराजिनामाइड क्षयरोगमा प्रयोग हुने मुख्य औषधी हुन । औषधी बिरामीको अवस्था हेरेर ६ महिनादेखि एक–डेढ वर्षसम्म पनि खानुपर्ने हुन्छ । औषधीको प्रयोग पूर्ण रुपमा चिकित्सकको सल्लाहले मात्र खानुपर्छ । चिकित्सकले क्षयरोग प्रमाणित गरेमा प्रत्येक अस्पताल र स्वास्थ्यचौकीमा म्इत्क् कार्यक्रम अन्तर्गत नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराएको छ ।
क्षयरोगको शङ्का गरे के हुन्छ ?
१. नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्ने ।
२. स्वास्थ्य कार्यकर्ताको सल्लाहअनुसार लगातार तीन पटकसम्म खकार जँचाउने ।
३. क्षयरोगको निदान भएमा नियमित रुपमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार नबिराईकन पूरा मात्रामा औषधी सेवन गर्ने ।
क्षयरोगबाट कसरी बच्ने ?
१. बच्चा जन्मेदेखि १ वर्षभित्र (सकेसम्म छिटो) बी.सी.जी. २ पटक लगाउनुपर्छ ।
२. समुदायमा रहेका क्षयरोगीहरु बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाएमा ९म्इत्क्० क्षयरोग फैलाउनबाट बचाउन
सकिन्छ ।
क्षयरोगबारेमा महत्वपूर्ण कुराहरु ः
१. स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधी उपचारबाट क्षयरोग पुरै निको हुन्छ ।
२. यदि बिचबिचमा औषधी खान छोडेमा रोग सन्चो हुँदैन ।
३. एउटा मात्र क्षयरोगको औषधी प्रयोग गर्दा औषधीले नछुने खालका कीटाणुहरु उत्पन्न भई रोग निको हुँदैन ।
४. बिरामीले दोश्रो, पाँचौं र उपचारको अन्तिम महिनामा स्वास्थ्य कार्यकर्ताको सल्लाहअनुसार खकार जँचाइरहनुपर्छ ।
५. क्षयरोग सरुवा रोग भएकाले परिवारका अन्य सदस्यहरुको स्वास्थ्यपरीक्षण गर्नु राम्रो हो ।
६. गर्भावस्थामा तथा सुत्केरी अवस्थामा पनि क्षयरोगको औषधी प्रयोग गर्न सकिन्छ ।
७. सबै क्षेत्रका मानिसहरु मिलिजुली काम गरे क्षयरोग निर्मुल पार्न सकिन्छ ।
क्षयरोग एक गम्भीर रोग भएको कारणले आजदेखि नै यस रोगप्रति सबै तह र तत्काका मान्छे सचेत हुनु आवश्यक छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips