You are here: Home /
Health News / इन्फ्लुएन्जा (Influenza)
इन्फ्लुएन्जा जसलाई फ्लु वा मौसमी फ्लु पनि भनिन्छ, एकदमै संक्रमक भाइरल रोग हो। यो रोग इन्फ्लुएन्जा भाइरसका विभिन्न जातिले गर्दा लाग्दछ। इन्फ्लुएन्जा भाइरसहरु ३ प्रकारका छन्; A, B र C, जस मध्य A प्रकारको एकदमै सामान्य हो।
इन्फ्लुएन्जा कसरी सर्दछ?
यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा र हाँच्छ्यू गर्दा सर्ने गर्दछ। यो रोग विशेष गरी भीडभाडमा र संक्रमण भएको मानिससँगको सम्पर्कले पनि सर्ने गर्दछ। यो रोग सम्पर्कमा परे पश्चात १ देखि ३ दिन पछि नै लक्षणहरु देखिन थाल्दछ।
लक्षणहरु
ज्वरो
टाउको दुख्ने
मांसपेशीमा पीडा
नाक बग्ने वा टालिने
खोकी र घाँटी दुख्ने
अन्य लक्षणमा थकाई, पखाला र उल्टी / वान्ता गर्ने पनि देखिन्छ
यो रोगको जटिल्ताहरु भन्नुपर्दा सामान्यत: शरीर कमजोर हुन जान्छ। त्यसैगरी गम्भिर रुपमा ब्रोन्काइटिस र निमोनिया जस्ता जटिल्ताहरु पनि देखा पर्दछ।
रोकथाम
१. व्यक्तिगत सरसफाइमा ध्यान:
हातहरु सफा राख्नुहोस् र बारम्बार राम्ररी धुनुहोस्। विशेष गरी खोक्दा, हाँच्छ्यू गरेपछि र शौचालयको प्रयोग गरेपछि।
खोक्दा र हाँच्छ्यू गर्दा नाक र मुख छोप्नुहोस्।
जथाभवी नथुक्नुहोस्! सिँगान अथवा खकार फाल्नु परेमा टिस्यु कागजमा बेरेर मात्र फोहोरको भाँडोमा त्यसलाई फाल्नुहोस्।
जब तपाईलाई ज्वरो आएको छ वा श्वास-प्रश्वास नलीको संक्रमणको लक्षणहरु देखिएमा मास्क लगाउनुहोस्।
इन्फ्लुएन्जाको लक्षणहरु देखा परेमा काम अथवा विद्यालय नजानुहोस्।
आफ्नो शरीरलाई इन्फ्लुएन्जाको संक्रमणबाट बचाउनको लागि स्वस्थ र सन्तुलित आहारको सेवन गर्नुहोस्। धूम्रपान नगर्नुहोस्। नियमित रुपमा व्यायाम गर्नुहोस् र पर्याप्त रुपमा आराम गर्नुहोस्।
२. घरयासी र वातावरणको सरसफाइ
घरभित्र हावाको आवतजावतको व्यवस्था मिलाउनुहोस्। त्यसको लागि झ्यालहरु खुल्ला राख्नुहोस्।
इन्फ्लुएन्जाको प्रकोप बढेको बेला भीडभाडमा र हावाको आवत-जावत कम भएको सार्वजनिक स्थलहरुमा सकेसम्म नजानुहोस्।
खोप ——–
विश्व स्वास्थ्य संघको सिफारिसमा हरेक वर्ष समाजमा देखा पर्ने इन्फ्लुएन्जा भाइरसका प्रजातिलाई लिएर इन्फ्लुएन्जाको खोप तयार पारिन्छ