मृगौला रोगबाट बच्ने ८ उपाय…!!
Posted by Sura Health on |
डा.पुकारचन्द्र श्रेष्ठ

मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्
जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् ।
जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने
तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र
क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विश्वभरी मृगौला रोगीहरूको संख्या नाट
रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१०
प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन
मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट
पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब
रुपैयाँ बिदेसिने गरेको विश्वास छ । उच्च रक्तचाप, मधुमेह र मुटुको रोग मृगौला रोग लाग्नाका प्रमुख कारण हुन्
। सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यह बिस्तारै कम हुँदै गई अन्तमा मृगौला ‘फेल’
हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ । डायलाइसिसको तुलनामा प्रत्यारोपण
ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै
सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात
महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ । निदान: मृगौला रोग लागेको सुरुकै
अवस्थामा थाहा पाउन सम्भव हुन सक्छ । यसका लागि रगतमा क्रिटिनिन र पिसाबमा प्रोटिनको जाँच गर्नुपर्ने
हुन्छ । धेरैजसो मृगौलाका रोगीहरूमा सुरुमा केही नहुन पनि सक्छ । सुरुमै मृगौला रोग लागेको पत्ता लागेमा मृगौला ‘फेल’
हुनबाट बचाउन महत्त्वपूर्ण उपचारको थालनी गर्न सकिन्छ । मृगौला बचाउन के गर्नुपर्छ ?
मृगौला रोग अघोषित मृत्युको कारण हो र यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ ।
यसका लागि ८ नियमहरूको पालना गर्नुपर्ने हुन्छ-
१. आफूलाई ‘फिट’ र सक्रिय राखौं ।
यसबाट उच्च रक्तचाप
नियन्त्रणमा आउनुका साथै दीर्घकालीन
मृगौला रोगको सम्भावनालाई कम गर्छ ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं ।
आधाभन्दा बढी मधुमेहीहरूलाई
मृगौलाको रोग लाग्ने हुन्छ ।
तसर्थ्ा उहाँहरूले नियमित
मृगौलाको परीक्षण गर्नु आवश्यक छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण
गरौं । उच्च रक्तचापले हृदयाघात र
मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई
जानकारी भए पनि यो नै मृगौला खराब
गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण
हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ
४. स्वस्थ खाना खाऔं र शरीरको तौल
नियन्त्रणमा राखौं । यसबाट मघुमेह,
मुटुरोग र मृगौला रोगलगायत अरू
रोगबाट बच्न मद्दत पुग्छ ।
५. प्रशस्त मात्रामा पानी पिऔं ।
यति मात्रामै पानी पिउनुपर्छ भन्ने
निश्चित नियम नभए पनि करिब १.५
लिटरदेखि दुई लिटरसम्म पानी पिउने
बानी बसाल्नु उत्तम हुन्छ ।
६. धूमपान नगरौं । धूमपानले
मृगौलाको रक्तसञ्चारमा बाधा पुर्याई
यसको कार्यक्षमतामा कमी ल्याउँछ ।
धूमपानले मृगौलाको क्यान्सर हुने
सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं ।
जस्तैः बु्रफेन जातिको नदुख्ने औषधिहरू
मृगौलाका लागि हानिकारक छन् ।
८. यदि तपाईं उच्च जोखिमयुक्त समूह
जस्तैः उच्च रक्तचाप र
मधुमेहका बिरामीहरू, धूमपान गर्नेहरू
वा मोटोपना भएकाहरू, उमेर ५०
नाघेका तथा उच्च रक्तचाप, मधुमेह
वा मृगौला रोग
लागेका व्यक्तिहरूको परिवारका सदस्यम
भने आफ्नो मृगौलाको नियमित जाँच
गरौं ।
[लेखक मानव अंग प्रत्यारोपण केन्द्र,
भक्तपुरका कार्यकारी निर्देशक हुन् ।]
स्रोत :::कान्तिपुर

You can subscribe by e-mail to receive news updates and breaking stories.