मानिसलाई सधैं जबान राख्ने जडीबुटी आफ्नै करेसामा छ !!

Posted by Sura Health on |







 aaaaa   स्वामी रामदेवका अनुयायी नेपालमा ह्वात्तै बढेका छन्– प्राणायाम, व्यायाम र औषधिले एकसाथ सघाएको छ पतञ्जली योगपीठलाई । हिजोका स्थूल शरीरधारीहरु आज ‘श्लीम’ बनेका छन्, जबानी गुमाएकाहरु मस्त देखिएका छन्, निराश अनुहारमा लाग्छ वसन्त आउन थालेको छ । तर, सबैमा होइन । जसले रामदेवले सिकाएको योग, आसन र औषधि मिलाएर अभ्यासमा ल्याएको छ, उसले मात्र । रक्तचाप, कोलेस्टरोल, किड्नीसम्बन्धी बिरामी र मधुमेहका पीडितलाई त एल्लोपेथी डाक्टरले समेत भन्नथालेका छन्– रामदेवको योग गर्छुन्, म त बिहान ४ बजे नै टिभीअगाडि बसेर थाल्छु कपालभाती र अनुलोम-विलोम गर्न । 

पतञ्जलीका वैद्यहरु सामान्य र सरल, आम नेपालीको पहुँचमा सजिलै आउने र बुझिने भाषा बोल्ने भएकाले पनि उनीहरु लोकप्रिय भएको हुनुपर्छ । उनीहरु लोकप्रिय हुनुभनेको पतञ्जलीको अवधारणा जो सबैलाई निरोगी बनाउने रहेको छ, लोकप्रिय हुनु हो । ठूला वैद्यलाई छोडौं, बीएड पास गरेर विद्यालयमा पढाउँदै गरेका शिक्षक जो सात वर्षअघि पतञ्जलीको वैद्यकोर्स पूरा गरेर प्रवचन दिंदै हिंडेका छन्, उनी के भन्छन्, सुनौं ।

यहाँको शुभनाम ?
टीका खतिवडा ।
किन पतञ्जली शिक्षातिर लाग्नुभयो ?
परापूर्वकालदेखि पूर्वीय संस्कृतिमा योग र आयुर्वेदले महत्वपूर्ण स्थान पाएको मैले बुझेको थिएँ । वर्तमान समयमा पश्चिम जगत् पनि योगप्रति नजिकिंदै आएको मैले महसुस गरें । योग, आयुर्वेद, प्राकृतिकचिकित्सा, जडीबुटीका बारेमा सोधखोज गर्ने संस्कृति बढ्दै आएको देखेर मेरो आकर्षण पतञ्जलीमा भएको हो ।
तपाईं पतन्जलीमा कुन पदमा के हुनुहुन्छ ?
पतञ्जली योग पीठको केन्द्रीय समितिको सदस्य छु । समितिमा ११ जना सदस्य हुन्छन् पदाधिकारीहरुसमेत । पतञ्जली शिक्षाप्रति विश्वास हुनेहरुले आमन्त्रण गर्छन्, प्रवचन दिनेगर्दछु ।
यहाँलाई थाहै होला, यसको कार्यालय काठमाडौंको मण्डीखाटारमा रहेको छ ।
पतन्जली योग पीठ नेपालअन्तर्गत नेपालमापतन्जलीयोग समिति र पतन्जली आयुर्वेद केन्द्र रहेको छ । मण्डीखाटारमा मुख्य कार्यालय रहेको आयुर्वेद केन्द्रको काम नेपालमा आयुर्वेदिकऔषधिको प्रवद्र्धन गर्ने र योग समितिले योगको महत्वका बारेमा प्रचार–प्रसार गर्ने गर्दछ ।
एल्लोपेथीले सबैखाले उपचार गरेकै छ, आयुर्वेद चिकित्सा किन महत्वपूर्ण भयो ?
आयुर्वेद यस्तो विषयवस्तु हो जसबाट कुनै पनि रोगको पूर्ण र स्थायी रुपमा निदान गर्न सकिन्छ । आधुनिक विज्ञानले केही समयका लागि नियन्त्रण गर्ला, तर आयुर्वेदले रोगको पूर्णरुपमा निर्मूल गर्नसक्छ । जडीबुटीबाट विभिन्न प्रकारको रोगको निर्मूल पार्न सकिने भएकाले यसको महत्व बढ्दै गएको छ । हिमाल, पहाड र तराईमा पाइने जडिबुटी तथा वनस्पतिको पहिचान र प्रयोग गर्नसकेमा देशका विकट ठाउँमा बसोबास गर्नेले औषधी–उपचारमा उल्लेखनीय सफलता हातपार्नसक्ने भएकाले पनि यसको महत्व बढ्दै गएको छ । हामीले यी वनस्पतिलाई चिनेका पनि छौं, त्यसैले त हाम्रा आमाहरु गाउँ–समाजमा पाइने काउलोको बोक्रालाई पिसेर सेलरोटी बनाउँदा प्रयोग गर्नुहुन्थ्यो । पछि मैले पढेपछि थाहा पाएँ, यो त कोलेस्टरोल–फ्री मजाको औषधि रहेछ ।
तर्कारीआदिमा लाग्ने कीरा मार्ने पेस्टिसाइडले आज हाम्रो समाज रोगी र कमजोर बन्नपुगको छ । रासायनिक मलले तत्काल बालीनाली सप्रे पनि दीर्घकालीन रुपमा यसबाट कसैलाई लाभ छैन, मुलुक कमजोर बन्दै गइरहेको छ ।
पतन्जली योग पीठले औषधी विक्री–वितरण गरेको त देखिन्छ, पेस्टिसाइडरहित खाद्यवस्तु प्रवद्र्धन गर्ने र यस्ता खाद्यवस्तुको पसल राख्ने कुनै काम भएको छ कि ?
यसको बारेमा हाम्रो वृहत् योजना रहेको छ । आचार्य बालकृष्णको पुर्खौंली थलो स्याङ्जा, काभ्रे जिल्लाको धुलिखेल लगायतका क्षेत्रमा हामीले योग हलका साथसाथै आयुर्वेद शिक्षा केन्द्रको स्थापना सुरुवात गरेका छौं । हामी विषादिरहित खाद्यान्न घर–घर पु¥याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।

पेस्टीसाइडका कारण त्यसको उपयोग गर्ने व्यक्तिलाई मात्र होइन, प्रजनन क्षमतामा पनि यसले समस्या पार्छ भनिन्छ नि । खासगरी महिलाको प्रजनन क्षमतामा यसले कस्तो असर पार्छ ?
महिलामा पाठेघरको समस्या, ट्युमर पलाउने, महिनावारीको गडबड हुने, उमेर नपुग्दै स्तनको आकारमा अस्वाभाविक वृद्धि, स्तनक्यान्सर लगायतका समस्या देखापर्ने गर्दछन् । हामीले विगत २०–२५ अघिका महिलामा देखिने प्रजननसँग सम्बन्धित समस्या र आजका पहिलामा प्रजननसम्बन्धी समस्याको अध्ययन गरेर हे¥यौं, यसले प्रष्ट के देखायो भने, पछिल्ला दिनमा महिलाका प्रजनन अंग बढी नाजुक ‘फ्रजायल’ भएको र त्यसका अस्वाभाविक अवस्था सिर्जना भएको देखिएको छ । हाम्रो विश्वास के छ भने– प्रदूषित आहारविहार नै यी सबैको कारण हो । रसायनयुक्त वस्तुको सेवन र पेस्टिसाइडयुक्त भोजनले हाम्रा सबै पक्ष प्रभावित भएका छन्, जसमा प्रजनन क्षेत्र सर्वाधिक प्रभावित भएको जसले गर्दा भोलि जन्मिने मुलुकको नागरिक कमजोर हुने सम्भावना बढेको छ । यसरी हेर्दा रसायन र विषादीले मुलुकलाई कमजोर बनाइरहेको छ ।
यस्तो समस्या कसरी समाधान गर्न सकिएला ?
भोजनमा शुद्धीकरण गर्दै, आवश्यकताअनुसार आधुनिक चिकित्सा प्रणालीलाई पनि साथमा लिने तर स्थायी समाधानका लागि आयुर्वेदले देखाएको उपचार पद्धति योग, आसन, व्यायाम र जडिबुटीको सेवन गर्नुपर्छ ।
पाठेघरमा गाँठागुठी जसलाई ट्युमर पलाउने अलि बढी नै देखिएको छ, आयुर्वेदले बताएको र हाम्रो गाउँघरमा सजिलै पाइने कनै औषधि छ ?
कोइरालो । ठूलो रुख हुन्छ र सेतो पूmल फुल्छ नि, त्यही पाठेघरका रोग निकोपार्ने औषधि हो । यसको बोक्रालाई पिसेर यसको ताजा रस सेवन गर्नसकिन्छ । पूmल बफ्याएर अचार वा तर्कारी खान सकिन्छ । आयुर्वेदमा कोइरालाको फूलको ठूलो वर्णन छ ।

उमेर नपुगी किशोरीमा स्तनको विकास हुने वा उमेर पुगे पनि स्तनको आकृति नआउने समस्याका लागि कोइरालोजस्तै कुनै औषधि छ ?
उमेर पुगेर पनि स्तन विकास नहुने समस्याका लागि जैतुनको तेल जसलाई अंग्रेजीमा ओलिभ भनिन्छ, त्यसले मालिस गर्नु लाभदायक हुन्छ । तर लगातार केही महिनाको प्रयासपछि पनि स्तनले आकार लिएन भने आधुनिक चिकित्सा प्रणालीको सहयोग लिन मेरो सुझाब छ । आयुर्वेद पद्धति अन्तर्गत जैतुनको तेलले बिहान बेलुका स्तनमा हल्का मसाज गर्नाले अधिकांशको आकृतिमा विकास आउँछ । तर आएन भने यसका विशेष कारण हुनसक्छन् जसका लागि डाक्टरी उपचार उपयोगी हुन्छ । साथमा पोशणयुक्त भोजनको निरन्तर प्रयोग गर्नुपर्दछ– जस्तो, भोको पेटमा ओलिभ दल्दैमा भित्रबाट अघाएको महसुस हुन सक्तैन ।
जहाँसम्म ठूला स्तन हुने, झोलिने, खासगरी उमेर पुगेका महिलामा बढी देखिन्छ, यस समस्याको समाधानका लागि पिपलको दारी, हाँगातिरबाट पलाएको जरा, पिसेर लेप लगाउनु उपयोगी हुन्छ । यसले स्तनलाई पोटिलो, कसिलो र आकर्षक बन्न सघाउँछ ।
प्रजननको सन्दर्भ चलिरहेको बेला युवा पुरुषमा देखिने व्यापक चिन्ताको व्यावहारिक प्रसंगको प्रश्न सोधौं । जस्तो, स्वप्नदोष जसलाई नाइटफल भनिन्छ त्यसका कारण पनि उनीहरु चिन्तित देखिन्छन् । कतिमा हस्तमैथुनको बाँनी नै हुन्छ ? यी समस्या हुन् कि होइनन्, यसको समाधान के हो ?
शारीरिक पीडा वा मानसिक चिन्ताका हरेक विषय समस्या हुन् । यसको समाधानका लागि आयुर्वेदले सम्बोधन गरेको छ । ब्रह्मचर्य कायम गरेर लक्ष्यमा केन्द्रित हुन आयुर्वेदले युवालाई सिकाएको छ । यौन यस्तो विषय हो जसमा पढ्ने र आफ्नो चरित्र निर्माण गर्ने हरेक युवाको मन सहजै बरालिन्छ । मनलाई नियन्त्रण गर्नु नै ब्रह्मचर्य हो । यसका लागि योग अध्यासलाई प्राथमिकताका साथ स्वीकार गर्नसक्नुपर्छ ।
पुरुषमा अस्वाभाविक रुपमा स्वप्नदोष भएमा कपालभाती, अनुलोम विलोमलगायतका केही योग आसनहरु छन्, त्यसको अभ्यास प्रभातकालमा हुनुपर्छ । नियमित योग गर्ने व्यक्तिका लागि यौनिक समस्याले कुनै असर पार्नसक्तैन । महिला–पुरुष दुवैमा यौन चाहना अत्यधिक भएमा स्वस्तिक आसनको अभ्यास उपयोगी हुन्छ ।
नपुंसकता भएकालाई कस्तो सुझाव दिनुहुन्छ ?
सतावर चुर्ण, अस्वगन्धा, सिलाजितलगायतका आयुर्वेदिक औषधिको प्रयोग गरेमा नपुंसकता सम्बन्धी समस्या धेरै हदसम्म निर्मूल हुन्छ । मलाई युवाहरु यौनजन्य सानादेखि ठूलासम्म समस्याको समाधानका बारेमा प्रश्न गर्ने गर्नुहुन्छ । हुनपनि साना भनिएका समस्या नै ठूला बनेर आउँछन् । मानिलिनुस्, किशोर तथा युवामा डण्डीफोर आउनु सामान्य नै हो, तर अति डण्डीफोरले युवालाई हीनताभाव सिर्जना गरिदिन्छ । उपचारका लागि खासै ठूलो लगानी नपर्ने यस्ता विषयमा पनि चेतनाको अभावले युवाहरु त्यसै अलमलिएको देखिन्छ । चिल्लो पदार्थ कमखाने, भोजनमा ध्यान दिने, बिहान उठेपछि टन्न पानी पिउने, शौच क्रिया नियमित हुने गरी आहार–विहारमा ध्यान दिने र योगाभ्यास गर्ने गरियो भने डण्डीफोर टिक्न सक्तैन ।

उमेर वृद्धिसँगै हुने अनावश्यक मोटोपन पनि आजको जल्दोबल्दो समस्या देखिन्छ, नियन्त्रणका लागि के गर्नुपर्ला ?
यस कुराको समाधान भनेको योग अभ्यासनै हो । बिहान पानी पिएर नियमित रुपमा मण्डुक आसन गरेमा यो समस्या कम हुन्छ ।
दुब्लो भएको मान्छेलाई मोटाउनका लागि पनि उपाय बताइदिनुहुन्छ कि ?
जंकफुड धेरै नखाने र पानी पर्याप्त पिउने गर्नपर्छ । । यस्तो समस्या हुने व्यक्तिले सतावर चुर्ण, कुरिलोको पाउडर गाईको दूधमा मिलाएर खाने गर्नाले मोटाउन सकिन्छ । काजु, किसमिस र छोकडा पानीमा भिजाएर प्रत्येक बिहान सेवन गर्ने, अस्वगन्धाको जरा पिसेर पानीमा मिलाई सेवन गरेमा पातलो मान्छे मोटो हुन्छ । तर अस्वगन्धाको पात सेवन गरेमा मोटो मान्छे पातलो हुन्छ । अस्वगन्धा यस्तो वनस्पति हो पातले जे काम गर्छ जराले त्यसको ठीक विपरीत । यसो पनि भन्न सकिन्छ– अस्वगन्धा टु–इन–वन हो । यस हिमाली मुलुकमा जीवनदायिनी जडीबुटीको खानी नै छ । हाम्रै वरिपरि हामीलाई सधैं स्वस्थ र जबान राख्ने वनस्पती छन्, नचिनेर मात्र समस्या हो । मानिसलाई सधैं जबान राख्ने जडीबुटी कतै तपाईंकै करेसाबारीमा छ कि ? 4
अन्तिममा केही भन्न चाहनु हुन्छ कि ?
योग र आयुर्वेदलाई अँगाल्नु भनेको जीवनको यात्रालाई सहज बनाउनु हो । हामीले आफ्ना घर समाजमा भएका जडीबुटीलाई पहिचान गरेर त्यसको संरक्षण गर्न सकेमा आयुर्वेदको सम्मान त हुन्छ नै, आपूmलाई ठूलो सहयोग पुग्दछ । शहरीकरणका कारण आयुर्वेदको प्रचार–प्रसार कम हुनाले पनि यसको महत्व कमभएको भान हुन्छ । शरीरमा भोजनको सकारात्मक प्रभाव पार्न भोजन तयार भएको कम्तीमा ४८ मिनेट भित्र प्रयोग गर्नुपर्दछ । तयार भएको भोजन लामो समयसम्म राखेर खानाले त्यसको शक्ति नास हुन्छ, कहिले काहीं त फाइदाको साटो हानी मात्र हात लाग्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips