बिभिन्न रोगको आयुर्वेदिक ,जडिवुटि तथा घरेलु उपचार!!

Posted by Sura Health on |







                                             

                                                                                                                                                                                                                                                                                                        ३     भलायो ः सुकेको भलायोको बीउलाई पिंधेर धुलो पार्ने र २–३ ग्राम भलायो चुर्णलाई नरिवलको घिउसँग मिलाएर सेवन गर्नाले पेटसम्बन्धी सम्पुर्ण रोगहरु निको हुन्छ । यसले पेटको जुका मार्छ । शक्ति प्रदान गर्छ । वीर्यको मात्रालाई बढाउँछ ।

4. लघुपत्र ः यसको केहि जराहरुमा थोरै विरेनुन, भुटेको ज्वानो, जिरा मिलाएर पिध्ने र यसरी पिंधेर तयार पारिएको धुलोमध्ये २–३ चम्चा धुलोलाई कागती मिश्री पानीमा मिलाएर नियमित दिनको २–३ पटक सेवन गर्नाले दिसा कब्जीयत हुने र गोटा आदि हुने रोग निको हुन्छ । यसको नियमित सेवनले कलेजोलाई सक्रिय पार्छ । क्यान्सर रोगमा लाभ हुन्छ ।
5. लुँडे (लौँडे) ः लौंडेको मुन्टालाई तरकारीको रुपमा प्रयोग गर्नाले वा यसको जरा र मुन्टालाई थिचेर रस निकाली विहान बेलुका चौलानी पानीसँग खानाले रक्तप्रदर, रक्तविकार र यौनजन्य संक्रमणबाट बच्न सकिन्छ । साथै सो रसले यौनाङ्ग धुनाले राम्रो फाइदा गर्छ ।
6. शिवलिङ्गी ः यसको १०–१५ वटा फलको तरकारी पकाएर दुई हप्तासम्म खानाले पेटलाई सफा राख्छ । पेटको गर्मी हटाउँछ । सिद्धि शान्ति र पुत्रप्राप्ति हुन्छ । पाकेको केरामा शिवलिङ्गीको वीउ रोपेर खानाले पुत्र प्राप्ति हुन्छ भन्ने भनाई पनि छ ।
7. बकाइनो ः यसको फल, पात वा बोक्रालाई पिसेर लेदो बनाई लुतो–घाउ खटिरा आएको ठाउँमा लगाउने वा बकाइनो चुर्णलाई मनतातो पानी वा दुधसँग मिलाएर नियमित पिउनाले विभिन्न प्रकारका चर्मरोग ठिक हुन्छ । यसको प्रयोगले महिलाहरुको शिथिल गर्भाशयलाई दह्रो बनाउँछ । पेटको जुका मार्छ ।
8. सुनपाती ः यसको पातलाई सुकाएर वा ताजै पातलाई मुखमा राखेर विस्तारै चुसीरहनाले धुम्रपानको लतलाई छोडाउन विशेष मद्दत गर्छ । धुम्रपान सेवन गर्नेहरुको लतलाई मेटाउँछ । धूप र सुगन्धित तेल उत्पादनको लागि यो अति नै उपयोगी छ ।
9. सिस्नो ः सिस्नोको मुल जरा, पात वा मुन्टालाई काँचै पिधेर रस निकाली दैनिक पिउनाले वा यसका ताजा पात वा मुन्टालाई तरकारीको रुपमा पकाई खानाले रक्तअल्पता, पिसाव तथा पेटसम्वन्धि सम्पुर्ण रोगहरुमा राम्रो फाइदा पुप्याउँछ । आँखा तथा छालालाई सुन्दर राख्दछ ।
10. यार्सागुम्बा ः यो दुर्गम हिमाली जिल्लाको पाखा–पखेरा हिऊमुनि पुरिएर रहने एक प्रकारको लाभे्र किरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पो खैरो र फेद फिका पहेंलो हुन्छ । अत्यन्तै शक्तिबद्र्धक र यौन क्षमता बढाउने , यो वनस्पती मानव जीवनको लागि सञ्जीवनी बुटि नै सावित भएको छ । विहान बेलुका मह मिलाएको दुधसँग एक–एक वटा यार्सागम्बा खाने हो भने यसले हेपाटाइटिस बि भाइरसलाई समेत नष्ट गरिदिन्छ । अत्याधिक यौन शक्ति पैदा गर्छ । फोक्सो र मृगौलाको क्यान्सरलाई निको पारी शरीरका सम्पुर्ण अंगहरुलाई सवल र सक्षम बनाउँछ । वृद्धहरुलाई जवान बनाउँछ । चाउरिका छालाहरुलाई पुष्ट बनाउँछ ।
11. शंखपुष्पी ः यसको पुरै बोटलाई पिसेर निकालिएको रसमध्ये दुई चम्चा जति रसलाई गाईको दुधसँग बिहान–बेलुका सेवन गर्नाले मुहारमा नयाँ कान्ति छाउँछ । स्मरणशक्ति बढ्छ र मानसीक रोगहरुमा लाभ गर्दछ ।
12. दुधेलहरो ः यसको जरा र जराको बोक्रालाई कुटेर रस निकाल्ने र एक चिया गिलासको आठ भागको एक भागमा मिश्री मिलाएर दिनको दुई पटक खाने गरेमा दम रुघा खोकी ठिक हुन्छ । छालासम्वन्धि सम्पुर्ण रोगहरुमा राम्रो फाइदा गर्छ ।पिसाब राम्रोसँग खुलाउँछ । रक्तविकारलाई हटाउँछ ।
13. बज्रदन्ती ः यसको स–साना कलिला हाँगाले नियमित दाँत माझ्नाले दाँत राम्रो, चम्किलो, सफा हुनुको साथै दाँतसम्वन्धि सम्पुर्ण रोगहरुलाई नष्ट हुन्छन् । यसको मुल जरालाई पानीमा पकाइ मुख कुल्ला गर्नाले मुखको दुर्गन्ध हट्छ । श्वास–प्रश्वाससम्बन्धि सम्पुर्ण रोगहरुको नाश गर्छ ।
14. शुण्टी (अदुवा) ः दुई तीन चम्चा अदुवाको रसमा २–३ ग्रामलाई, महसँग मिलाएर दिनको २–३ पटक सेवन गर्नाले आमवात, श्वाससम्बन्धि रोग, पेटको शुल, हृदयरोग आदिको निवारण हुन्छ । पाचन शक्तिलाई मजबुत बनाउँछ ।
15. मजिटो ः यसको मुल जरा वा पातलाई कुटेर निस्किएको २–३ ग्राम रसमा मह मिलाइ पानीसँग दिनको दुई पटक पिउनाले छाला चिलाउने, सुन्निने रोग आदिमा राम्रो फाइदा गर्छ । कान, आँखा तथा यौनाङ्गका सम्पुर्ण रोगहरुलाई निर्मूल पारिदिन्छ । महिलाहरुको मासिक धर्म गडवडीमा राम्रो फाइदा गर्छ । कुष्ठरोगलाई निवारण गर्छ ।
16. बाटुले पात ः यसको जरालाई पिसेर बनेको धुलो ३–४ ग्रामलाई तातोपानीसँग मिलाएर विहान–बेलुका दिनको २ पटक खानाले महिलाको रज गडवडी, स्तनसम्बन्धि विकार, पिसावसम्वन्धि सम्पुर्ण रोगलाई नाश गरिदिन्छ । ज्वरो, खोकी, अपच, झाडापखला, रक्तविकार र मुत्रविकारजस्ता रोगहरुमा राम्रो लाभ गर्दछ ।
17. घोडताप्रे ः यसको पुरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्री धुलो मिलाएर पटक–पटक सेवन गर्नाले बाथरोग, कुष्ठरोग, नशासम्बन्धि सम्पुर्ण रोगहरुलाई निर्मुल पार्छ । स्मरण शक्तिलाई बढाउँछ । रगत सफा गर्छ । पिसाब खुलाउछ । खानामा रुचि बढाउँछ । खाना अपच भएमा यसले पाचकको रुपमा काम गर्छ । अनिद्रा हटाउँछ । आयु बढाउँछ । यसको पुरै बोटलाई सुकाएर चुर्ण बनाई ४–५ ग्राम मह वा मिश्री पानीमा मिलाएर दिनको दुई पटक प्रयोग गर्नाले वा यसको पुरै भागलाई पकाएर मनतातो भएपछि यौनाङ्ग वा शरीरका अन्य भागमा सफा गर्नाले भिरुङ्गी रोग निको हुन्छ । छालाका घाउ–खटिरालाई निको पार्छ । यसको नियमित सेवन गर्नाले तोते बोल्ने बच्चाहरुको लागी अत्यन्त फाइदा गर्छ ।
18. घिऊकुमारी ः घिऊकुमारीको छिप्पिएको पातभित्रको गुदिलाई पिंधेर ध्यूसँग मिलाएर पोलेको घाऊमा लगाउनाले घाउको दुखाइ कम हुनुका साथै छिट्टै निको हुन्छ । यसको गुदी ५–१० ग्राम वा १०–२० मि.ली. रसलाई बिहान–बेलुका खानाले गानोगोला, ग्याष्ट्रिक, महिनावारीको गडवढी, पेट तथा कलेजोको रोगहरुमा राम्रो फाइदा गर्छ । त्यस्तै बाथरोग, फियोको समस्या, पेटको वायुमा यसले राम्रो काम गर्छ । यौनशक्ति बढाउनु परेमा यसको प्रयोग अति जरुरी छ ।
19. कुटजः यसको सुकको बोक्रालाई खलमा पिस्ने र उक्त धुलोलाई ४–५ ग्राम दिनको दुई पटक मनतातो पानीसँग खानाले वा मुखमा राखी चुसीरहनाले दन्त हर्सा, पेट हर्सा, अतिसार, छाला तथा आन्द्राको रोगहरुमा राम्रो फाइदा गर्छ । पेटको जुकालाई नाश गर्छ । फोक्सोको खराबीलाई नियन्त्रणमा ल्याउँछ । यसको वीऊसहितको कोसालाई पनि सोहि बमोजिम पिसेर सेवन गर्नाले हृदयजलनलाई ठिक गर्छ । शरीरलाई राम्रो सन्तुलनमा राख्छ ।
20. कुरिलो ःयसको सुकेको वा ताजै जरालाई पिधेर चुर्ण भए ४–८ ग्राम र रस भए दुई–चार चम्चामा मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध बढ्छ । यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुई पटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ तुहिने, वातरोग आदिलाई निर्मुल पार्छ । मस्तिष्कको दुर्वलतालाई हटाउँछ । पुरुषहरुमा वीर्यको मात्रा बढाउँछ । पिसाबलाई राम्रोसँग खुलाउँछ । आउँ, झाडापखला, पेटको दुखाई, मधुमेह जस्तो रोगहरुको लागि अत्यन्त लाभप्रद छ ।
21. चन्दनः यसको स–साना टुक्रालाई भिजाएर घोट्ने र मुखलगायत शरीरका सम्पुर्ण भागहरुमा लगाउने अनुहारको चाँया पोतो हट्छ । यसले मुहारलाई गोरो बनाउँछ । छालासम्बन्धि सम्पुर्ण रोगहरुलाई नष्ट गरिदिन्छ । दिनको दुई तीन पटक दुइ चम्चा खानाले ज्वरो निको हुन्छ । चन्दनको केहि टुक्राहरुलाई पानीमा पकाई वा चन्दनको वासनादार तेलले नियमित मालिस गर्नाले यौन रोगबाट छुटकारा पाउन सकिन्छ ।
22. सिमल ः यसको २–३ ग्राम खोटोलाई पानीसँग खानाले वा यसको मुल जरा र फुललाई गाईको घिउमा भुटेर यसमा थोरै सिधेनुन मिलाई खानाले अतिसार, रक्तपित्त, रक्तप्रदर, श्वेतप्रदर, वातरोग आदिमा टोनिकको रुपमामा काम गर्छ । आउँ र झाडापखला रोक्छ ।
23. अश्वगन्धा ः यसको जरालाई जरालाई राम्रोसँग धोइपखाली घाममा सुकाएर चुर्ण बनाउने, ४–५ ग्राम अश्वगन्धा चुर्णलाई एक चिया गिलासको आठ भागको एक भाग पानीमा वा मिश्री राखेर उमालेको दुधसँग मिलाएर बिहान–साँझ दुई पटक भोजन पछि सेवन गर्नाले शरीरलाई चाहिने रसायनमा वृद्धि गर्छ । यौनशक्ति बढेर आउँछ । वातरोग पुर्णरुपमा निको हुन्छ ।
24. खयर ः २०–३० बर्ष पुरानो रुखको भित्री भागलाई स–साना टुक्राहरु बनाई काटेर माटोको भाँडोमा हाल्ने र एक पाथी पानीमा घण्टौ पकाई आधा माना पानी बाँकी रहेपछि झिक्ने र त्यसपछि उक्त झोललाई छानेर काठको बाकसमा खन्याई चिसो पार्ने । अब राम्रोसँग जमेको क्वाथलाई बाकसबाट निकालेर स–साना टुक्रा पारेर घाममा सुकाई ओभानो भाँडोमा भरेर राख्ने । त्यसपछि १५–२० मिलीग्राम बोक्राको क्वाथलाई महसँगि मिलाएर खानाले वा स–साना टुक्रालाई मुखमा राखी चुसिरहनाले मुख तथा पेटको घाउ–खटिरा, रक्तविकार, अतिसार, श्वाससम्बन्धि रोग, दाँतसम्वन्धि सम्पुर्ण रोगहरु नाश हुनुको साथै उक्त झोललाई छालामा लगाउनाले छालासम्वन्धि सम्पुर्ण रोगहरु निको हुन्छन् । कुष्ठरोगमा यसको प्रयोगबाट राम्रो फाइदा गर्दछ ।
25. लालीगुराँस ः यसको फुललाई टिपेर छायाँमा सुकाई धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फुलको १–१ चम्चा धुलोलाई मिश्रीपानी वा दुधसँग खानाले स्वर बसेको ठिक हुन्छ, आमाशयमा लाभ पु¥याउँछ । रगत सफा राख्छ, जण्डिस रोग ठिक गर्छ । गुराँसको बोक्राको २–३ चम्चा धुलोलाई नियमित ५–६ पटक सेवन गर्नाले पेटका सम्पुर्ण रोगहरु निर्मूल हुन्छन् । यसको फुलको रस वा चुर्णलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर रक्तअल्पता, रक्तचाप, आमवात, चिनीरोग जस्ता अनेकौं रोगबाट चाँडै मुक्ति मिल्छ । तर चिनीरोग लागेका बिरामीले भने शुद्ध पानीसँग मात्र सेवन गर्नुपर्छ ।
26. पारिजात ः यसको छिप्पिएको वीऊ र पातहरुलाई छायाँमा सुकाएर पिस्ने । यसरी पिसेर तयार पारिएको पारिजातको २–३ ग्राम चुर्णलाई थोरै मनतातो पानीमा घोलेर दिनको दुई पटक केहि दिनसम्म खानाले ज्वरो, खोकी, दम, मलेरिया ज्वरो आदिलाई नाश गर्छ । पेटको जुकालाई मार्छ । यसको पात तथा वीऊलाई पिँधेर निस्केको १५–२० मि.लि. रसलाई दिनको दुई पटक नियमित सेवन गर्नाले अत्यन्त फाइदा गर्छ ।
27. रातीगेडी ः चार–पाँच दाना राती गेडीलाई खाएमा पिसाब खुल्छ । त्यस्तै केहि राती गेडीका दानाहरुको नियमित सेवन गर्नाले वा यसको जरा र पातलाई थिचेर मिश्री पानीमा पकाएर खाएमा धातुरोग, आँखा एवं छालाका सम्पुर्ण रोगहरु निको हुन्छन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips