सुरक्षित सल्यचिकित्सा चेकलिस्ट !!
Posted by Sura Health on |
यी स्वास्थ्य सम्बन्धि त्रुटिहरु कम गर्न विश्व स्वास्थ्य संगठनले सुरक्षित सल्यचिकित्सा चेकलिस्ट जारी गरेको हो । यसले अप्रेशन पुर्व ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरुमा प्राथमिकता दिन्छ जसले बिरामीको सुरक्षामा जोड़ दिन्छ । अप्रेशन पुर्व र अप्रेशनको दौरान यी तत्वहरु सल्यचिकित्सा टीम, एनेस्थेसिया टीम तथा नर्सिंग टीम सबैले पुनरावलोकन गर्छन् । यसले अप्रेशनमा दल भावना प्रोत्साहित गर्छ र बिरामीलाई हुने प्रतिकुल असरहरु कम गर्न मदद गर्छ ।
सल्यचिकित्सा चेकलिस्टका तीन अंशहरु छन् : बेहोशी पुर्व, चिरफार पुर्व र अप्रेशन पश्चात । बेहोशी पुर्व जांच गर्नुपर्ने कुराहरु हुन्:
· रोगीको सहि पहिचान तथा अप्रेशनको लागि अनुमति
· अप्रेशनको ठाउँको सहि पहिचान
· एलर्जी सम्बन्धित पीडित रहेको या नरहेको
· वेनस थ्रोम्बो एम्बोलिस्म रोगनिरोधक उपाय
· औजार तथा इमप्लांट सम्बन्धि जानकारी
· बेहोशी सुरक्षा चेकलिस्ट
· श्वास प्रश्वासमा हुनसक्ने खतरा
· रक्त अभावले हुनसक्ने खतरा
चिरफार पुर्व जांच गर्नुपर्ने कुराहरु हुन्:
· सल्य चिकित्सा टीमको सहि पहिचान
· रोगी, रोग र निदानको सहि पहिचान
· एन्टिबायोटिकको सहि प्रयोग
· इमेजिंग ( x- ray, सी टि स्केन इत्यादि ) पुनरावलोकन
· आउन सक्ने कठिनाई तथा प्रतिकुल परिणामको पुर्व जानकारी
अप्रेशनको अन्तमा जांच गर्नुपर्ने कुराहरु हुन्:
· नर्स द्वारा अप्रेशन, स्पेसिमेन् , औजार तथा स्पोंजको जानकारी
· अप्रेशनको सर्जन द्वारा अप्रेशनको पुनरावलोकन
· बेहोशी टीम द्वारा अप्रेशनको पुनरावलोकन
· सरीरको तापमानको जांच
· भावी योजना
You can subscribe by e-mail to receive news updates and breaking stories.