गलगाँड (Goiter) – क्यान्सर त होइन ?

Posted by Sura Health on |







                                                                         -डा. प्रज्ञान ख्वाउजूँ---

के तपाईंको घाँटीमा गान्टो देखिएको छ ? के यो छिटो छिटो ठूलो भैराखेको छ ? यो कतिको दुख्छ ? के तपाईंको आवाजमा पनि बदलाव आएको छ ? अनि सास लिनमा कठिनाई त छैन ? होश पुराउनुस , यो क्यान्सर पनि हुन सक्छ 

गलगाँड भनेको घाँटीको अघिल्लतिर मध्यरेखानिर हुन्छ जुन थाईरोइड़ ( thyroid)  ग्रन्थी बढ्नुको कारण हुन्छ  तर घाँटीको हरेक गाठो गलगाँड भने हुँदैन – यो लाईपोमा (Lipoma), डरमोइड़ सिस्ट ( Dermoid cyst ) , लिम्फ नोड(Lymph Node) इत्यादि हुन सक्छ । गलगाँडलाई अन्य गाँठबाट छुट्टाउने सरल तरिका हो कि गलगाँड निल्दाखेरि माथितिर सर्छ तर अन्य गाँठ भने सर्दैन  नेपालमा गलगाँडको मुख्य कारण प्रायजसो आयोडिनको कमीको कारण हुन्छन् तर यो क्यान्सर होइन भनेर भन्न सकिन्न  गलगाँडका प्रमुख कारणहरु हुन्:

·         साधारण गलगाँड: आयोडिन को कमी, सुत्केरीको गलगाँड, तारुन्यताको (puberty) गलगाँड, सामान्य पिंडदार गलगाँड ( simple nodular goiter),  रसयुक्त गलगाँड ( colloid goiter)
·         विषाक्त ( toxic)  गलगाँड:  मौलिक (primary) गलगाँड- grave’s disease, एकलौटी थाईरोइड पिंड ( solitary thyroid nodule) , बहु पिंडदार गलगाँड ( multinodular goiter)
·         क्यान्सर : Papillary, Follicular, Anaplastic, Medullary
·         उत्तेजक थाईरोइड पिंड (Inflammatory thyroid swelling):  Hashimoto disease, De-Quervan disease, Reidel  thyroiditis
साधारण गलगाँडमा गाँठ बाहेक अरु समस्या केही हुन्न  विषाक्त गलगाँडमा थाईरोइड हर्मोन बढी भएको लक्षणहरु पनि साथ रहन्छ  उत्तेजक पिंड (Inflammatory swelling) कष्टप्रद रहन्छ  यति हुँदा पनि क्यान्सरलाई अन्य गलगाँडबाट छुटाउन सजिलो हुन्न 

यदि निम्न लक्षणहरु भए क्यान्सर हुने सम्भावना बढी रहन्छ:

  • ·         १४ साल भन्दा कम या ७० साल भन्दा धेरै उमेर भएको मानिस
  • ·         पुरुष
  • ·         परिवारमा क्यान्सर रहेको पूर्ववृतान्त
  • ·         विकिरण ( radiation) लागेको पूर्ववृतान्त
  • ·         छिटो छिटो बढ्दो गाँठो
  • ·         अचल गाँठो
  • ·         कडा गाँठो
  • ·         घाँटीमा अन्य गाँठो हुनु
  • ·         अन्य लक्षणहरु : सास लिन गाह्रो हुनु, अवाज रुखो हुनु , निल्न गाह्रो हुनु
थाईरोइडको क्यान्सर प्राणघाती रोग हो तर समयमै उपचार गरे यसको निदान सम्भव छ  त्यसैले यदि तपाईंको थाईरोइडमा गाँठो रहेको शंका रहे तुरुन्त स्वास्थ्य संस्थामा देखाउन जरुरी छ  थाईरोइड कार्य जांच ( thyroid function test )  गरी शरीरमा थाईरोइड हर्मोन बढी रहे-नरहेको हेरिन्छ र यदि बढी रहेको पाईएमा थाईरोइड प्रतिरोधक औषधी दिइन्छ  यस्तो गाँठो क्यान्सर रहने सम्भावना कम रहन्छ र आयोडिन विकिरण जांच (radioactive iodine) द्वारा यसको मूल्यांकन गरिन्छ  क्यान्सरको आशंका रहे अल्ट्रासाउन्ड गरिन्छ र सुई द्वारा गाँठोबाट नमुना ( fine needle aspiration)  लिइन्छ  यदि नमुनामा क्यान्सर रहेको मिलेमा अप्रेशन गराई थाईरोइड ग्रन्थी निकाल्नु ( total thyroidectomy) पर्छ 

अप्रेशन पश्चात पनि यो क्यान्सर पूर्णरुपमा नहटेको हुन सक्छ   त्यसैले अप्रेशन पश्चात २-१२ हप्ताको बीचमा टि. एस. एच. ( T. S.H.) हर्मोन र थाईरोग्लोब्युलिन ( thyroglobulin )  को मात्रा जांच गरिन्छ । यसमा यदि थाईरोइड बाँकी रहेको मिलेमा विकिरण द्वारा उपचार गर्नु आवश्यक रहन्छ । यस्तो विरामीको आयोडिन विकिरण जांच गरिन्छ । यदि आयोडिन विकिरण जांचमा आयोडिन अपटेक ( R.A.I. uptake)  रहेको मिलेमा आयोडिन विकिरण द्वारा उपचार  R.A.I. ablation) गरिन्छ   यदि आयोडिन अपटेक नरहेको मिलेमा बाह्य विकिरण ( external beam radiotherapy) द्वारा  उपचार गरिन्छ   थाईरोइड क्यान्सर पूर्णरुपमा उन्मुलन भएपनि क्यान्सर पुनः प्रादुर्भाव ( recurrence)  हुने सम्भावना भने रहन्छ  त्यसैले बिरामीले समय- समयमा चिकित्सकलाई देखाइ राख्नुपर्नेछ  समय- समयमा टि. एस. एच. हर्मोन र थाईरोग्लोब्युलिन को मात्राको जांच र अल्ट्रासाउन्ड गराइ रहनु पर्छ र यदि असामान्य रिपोर्ट आएमा सोही अनुरुप जांच र उपचार गराउनु पर्छ 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips