क्षयकर पदार्थ सेवन (corrosive substance ingestion)

Posted by Sura Health on |







क्षयकर पदार्थ भनेको सम्पर्कमा रहेको कुनै पनि वस्तुलाई क्षति पुराउने वस्तु हो  तेजाब( acid ) र अल्काली( alkali) यस्ता पदार्थमा पर्ने गर्छन । यस्तो पदार्थमा सजिलै पहुँच हुने हुँदा आजको समयमा यस्ता पदार्थको सेवन सामान्य भैसकेको छ ।बाथरुममा प्रयोग गरिने टोइलेट क्लिनर देखि लिएर भान्छामा प्रयोग गरिने विनेगर सबै  क्षयकर पदार्थ हुन्  ब्लीचिंग पाउडर , साबुन , बेट्री इत्यादि पनि यस्ता पदार्थका श्रोत हुन्  दुर्घटनाको कारण होस् या आत्महत्याको प्रयासको कारण , यस्ता पदार्थ सेवनको घटना आजकल थुप्रै देखिन पाइन्छ  तर यस्ता पदार्थ सेवनबाट हुने पीडा तथा प्रतिकूल असरका बारे भने धेरैजना अनभिज्ञ नै छन् 
एसिड सेवन: तेजाब सम्पर्कमा आएको कुनै पनि वस्तुसंग तुरुन्त प्रतिक्रिया गर्छ जसले गर्दा उक्त वस्तुमा क्षति पुग्न जान्छ तर एसिड निकै अमीलो तथा तीखो हुने हुनाले कसैले पनि यो धेरै सेवन गर्न सक्तैनन्  त्यसैले एसिड सेवन अल्काली सेवनभन्दा कम हानिकारक हुन्छ  साथै एसिडको प्रतिक्रियाबाट ठोस पदार्थ निस्कन्छ जसले अन्ननलीलाई ढाक्ने काम गर्छ र अरु क्षति हुनबाट जोगाउँछ  तेजाबबाट हुने क्षति खासगरी पेटको पुछार( pylorus) मा हुने गर्छ 

अल्काली सेवन: अल्कालीको स्वाद र वासना नहुने भएकोले यसको सेवनको मात्रा तेजाबभन्दा धेरै हुन्छ    यसले लाईपोप्रोटिनलाई पगाल्छ जसले गर्दा अल्काली अझ भित्र घुस्न मद्दत पुग्छ  त्यसैले अल्कालीले हुने क्षति तेजाबले हुने क्षति भन्दा कैयौं गुना बढी हुने गर्छ  यसको क्षति मुख्यत अन्ननली (esophagus) मा हुन्छ 
सेवनपछिका लक्षणहरु :
·         सास लिनमा कठिनाई
·         रुखो आवाज
·         निल्नमा कठिनाई या निल्दाखेरि हुने दुखाई
·         पेट दुखाई
·         रगतको वान्ता
·         छातीमा पीडा
सेवनपछि हुन सक्ने प्राणघाती प्रतिकुल असरहरु:
· अन्ननली या पेटमा छिद्र हुनु
· श्वासनली सुन्निनु
· रगतको कमी हुनु
·संक्रमण हुनु
क्षयकर पदार्थ सेवन गरेको मान्छेको तुरुन्त उपचार नभए ज्यानलाई पनि खतरा हुन सक्छ  मृत्युको मुख्य कारण या त श्वासनली सुन्निनुले गर्दा हुन्छ जसले गर्दा बिरामीले सास फेर्न सक्दैनन् , या त अन्ननली या पेटमा हुने छिद्रको कारण हुन्छ जसले गर्दा संक्रमण छातीमा, पेटमा र त्यसपछि पुरा शरीरमा फैलिन्छ  त्यसैले यस्ता बिरामीलाई निकै ध्यानपूर्वक हेर्नु जरुरी हुन्छ । यस्ता बिरामीमा निम्न कुराहरु कदापी गर्न हुँदैन : उल्टी गराउनु, पेट सफा गर्ने पाइप हाल्नु, पेट सफा गर्ने कोइला दिनु ।
यदि यस्ता बिरामीलाई  सास लिनमा कठिनाई भए कृतिम श्वास नली लगाउनु पर्ने पनि आवश्यकता हुन सक्छ  यस्ता बिरामीको शरीरमा जलको कमी हुने गर्छ जसले गर्दा रक्तचाप कम हुन गई मृत्यु पनि हुन सक्छ  त्यसैले रक्तनलीबाट जल दिनु जरुरी हुन्छ  पेटको तेजाब कम गर्ने औषधि र एन्टिबायोटिक पनि दिन जरुरी हुन्छ  बिरामीको अवस्था स्थिर भएपछि अन्ननली या पेटमा भएको क्षति हेर्न एक्स- रे , इन्डोसकोपि तथा अन्य जांचहरु गरिन्छ  यदी अन्ननली या पेटमा छिद्र भए तुरुन्त अप्रेसन गर्न जरुरी हुन्छ 

यस्ता बिरामीहरुलाई पछि गएर अन्ननली खुम्चिएर सानो हुने समस्या हुन्छ जसले गर्दा खाना खान समस्या हुने गर्छ । यसको लागि शल्य चिकित्सा समेत गर्नु पर्ने आवश्यकता पर्न सक्छ । साथै यस्ता बिरामीहरुको पेटमा पनि स्थायी क्षति हुन गई पेटको क्षमतामा कमी आउन सक्छ । अन्तमा यस्ता बिरामीहरु फेरी फेरी यस्ता पदार्थ सेवन गर्ने सम्भावना पनि हुन सक्छ, त्यसैले मानशिक उपचारको पनि आवश्यकता रहन्छ ।                           डा. प्रज्ञान ख्वाउजूँ:

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips