आँखामा ड्रोप सहि तरीकाले कसरी हाल्ने ?

Posted by Sura Health on |







--डा. सबिन साहु---

यदि तपाईंलाई  आँखाको कुनै समस्या छ अनि तपाईं आई-ड्रोप को प्रयोग गर्दै हुनुहुन्छ भने सहि चिकित्साको लागि सहि तरीकाले ड्रोप हाल्नु पनि उत्तिकै महत्वपूर्ण छ। सहि तरीकाले ड्रोप हाल्न ध्यान दिनुपर्ने कुराहरुलाई यहाँ बुंदागत रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। आशा छ कि यो जानकारी तपाईहरु सबैलाई उपयोगी हुनेछ।  
आँखाको ड्रोप हाल्दा अगाडी ऐना हेरेर वा अर्को कुनै व्यक्तिको मद्दतले सजिलै हाल्न सकिन्छ। एक्लै भएको अवस्थामा अलि असजिलो भए पनि आफैले पनि ड्रोप हाल्न सकिन्छ।



१)      हात राम्ररी साबुन पानीले धुनुहोस्
२)      आँखालाई सफा कपास वा तिस्सु पेपरले पुछ्नुहोस्।
३)      आई-ड्रोपको ढक्कन खोल्नुहोस् ।
४)      टाउको पछाडी तिर झुकाउनुहोस्
५)      आँखाको तल्लो परेलीलाई हल्का तलतिर तान्नुहोस्
६)      आई-ड्रोपलाई जति सकिन्छ आँखा नजिकै ल्याउनुहोस् तर ख्याल राख्नुस कि ड्रोपरले आँखालाई नछोवोस
७)      आई–ड्रोपलाई हल्का दबाउनुहोस्  सामान्य तया एक ड्रोप भन्दा धेरै हाल्नु जरुरत पर्दैन
८)      आँखालाई २-३ मिनेट बन्द राख्नुस
९)      सफा कपास वा तिस्सु पेपरले धेरै भएको ड्रोपलाई पुछ्नुहोस्।
१०)  त्यही आँखामा अर्को ड्रोप हाल्नु छ भने करीब ५ मिनेट पछी मात्र हाल्नुहोस्।
११)  आई-ड्रोपको ढक्कनलाई कसेर बन्द गर्नुस अनि सुरक्षितसंग राख्नुहोस।

याद राख्नुस:
·         आई-ड्रोप हाल्नु भन्दा अगाडी समय समाप्ति मिति राम्ररी हेर्नुहोस्
·         नयाँ आई-ड्रोप खोलेपछी त्यसमा खोलेको मिति लेखेर राख्नुहोस्।
·         कुनै कुनै आई-ड्रोप (जस्तै जलबिन्दु को आई-ड्रोप) लाई चिसोमा स्टोर गर्नु पर्ने हुन्छ, त्यसैले आई-ड्रोप बोतलमा आउने जानकारी लाई राम्ररी पढ्नुहोस।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips