मनोरोग /मानसिक रोग ------ के हो त ?

Posted by Sura Health on |







-डा. प्रभाकर पोखरेल---

चन्डीगढ़ को होटेल मा एउटा नेपाली केटो भेटियो। दुइ जना ले बहादुर भनेर बोलाए पछि हामी नेपाली रहेछ भनेर चिनेका थियौ । तेही क्रम मा उसलाई अरु थुप्रै नाम ले बोलाए जस्तै छोटु, भैया, कालु (जब कि केटो गोरो थियो) र होटेल को साहु ले साला अनि के के (लेख्न नमिल्ने) । जब हामीले नाम सोध्यौ तब थाहा भो शिवशंकर रहेछ। अर्को चोटी जब शिव शंकर भनेर हामीले बोलायौ तब उसको मुस्कान हेर्न लायक को थियो।

यसरि नै थुप्रै व्यक्ती/ कुरा ले आफ्नो नाम हराउँछन् अनि पाउँछन् थुप्रै नाम; उल्टा, बाङातिङा, अपमानित, खिली उडाएका, झुक्याउने, भ्रमित गर्ने नामहरु  त्यतै अनुभव संगालेको  एउटा रोग को नाम हो मनोरोग यानी मानसिक रोग ।

मनरोग ले पाएको नामहरु हाम्रो दैनिक जिन्दगी मा पनि प्रयोग गर्छौ, त्यो पनि बहुत हलुका पाराले। म केहि याद दिलाउने प्रयास गर्छु। Girlfriend  को जोक याद आएर एक्लै हाँसेको केटो लाई दाई ले भन्छबौलाइस कि क्या हो, तरकारी मा नुन हाल्न बिर्सेको श्रीमतीजी संग रिसौदै श्रीमानजी भन्नु  हुन्छ दिमागठिक ठाउँ मा छैन कि क्या हो, भोलि को जाँच देखी डराएर स्कुल जान्न भन्ने छोरो को गन्थन श्रीमती जी लाई सुनाउदै श्रीमान जी भन्छन " खुस्क्योकी क्या हो तेरो छोरो" , झुक्केर उल्टो गन्जी लगाएको भाई लाई बैनी जिस्काउदै ऊल्लु भन्छे अनि घुम्न जान नमानेर एक्लै पढ्छु भन्ने  साथी लाई अरु साथीहरु भनछन यो त पढदा पढ्दै  पागल भैसक्यो । हालसालै एक नेता ले दोस्रो नेता लाई दिएको उपनाम पनि यस्तै थियो।

हामी हरेक चोटि सतर्क रहन्छौ कि हाम्रो मानसिक सन्तुलन प्रति कसैले नि कुनै प्रश्न नगरुन भनेर।  हामीमा डर छ कि   हामीलाई यसरी  नै हलुका पारा ले कुनै उपनाम नदियोस भनेर ।अनि हामीले सबै प्रकार का मानसिक / मनोरोग लाई एउटा बाकस  राखेका छौ अनि छोपेका छौ ठुलो पर्दा ले। जहाँ लेखिएको छ “पागलपन”, हामीलाई डर छ पर्दा पर एउटा भयानक संसार छ भनेर ।

चाहनुस या न चाहनुस बाँकी रोग जस्तै मनोरोग पनि छ ।तथ्यांक अनुसार प्रतेक ४ जना मा एक जना लाई मनोरोग को समस्या ले समाएको हुन्छ। यस बिमारी ले मानिस को जीवन स्तर मा नकारात्मक असर पुरयाउछ , जीवन भारी अनि बोझिलो बनाउछ, निराशा लिएर आउछ, गर्नु पर्ने काम र जिम्मेबारी पुरा गर्न सक्दैनन् अनि कति बिरामी को लागि जीवन त्याग्ने अवस्था बन्छ । अरु रोग जस्तै यस रोग को पनि उुपचार छ  र समय मै उुपचार गरेमा फाईदा हुन्छ। आम् मान्छेमा यस्  रोग प्रति नकारत्मक सोच, हीन भावना, कमजोरी को प्रतिक अनि, गल्ती को सजाय र कहिले निको नहुने रोगको धारणा रहेको पाइएको छ। कति बेला जादु टोना, भूत प्रेत, भगवान रिसाएको आदि कुराले र कति बेला यो त मान्छे को स्वभाव हो,  भन्ने सोच पनि ब्याप्त रहेको छ।  सबै भन्दा ठुलो चाही” पागलपन” भनेको बाटो मा कहिले काही  फोहर मैला मा सुत्ने, च्यातिएको कपडा लगाउने, बर्बराउदै हिड्ने अवस्था हो र मनरोग = पागलपन हो  भन्ने भ्रम रहेको छ ।

हाम्रो प्रयास  यस् बाकस लाई खोलेर सत्यता लाई बहिर आउन दिनु हो। अहिले  सायाद  अलि  confuse बनाएर  छोडेका  छौ  तर   हामी  बिस्तारै  आउछौ  मानसिक  रोग   का  थुप्रै  पक्ष  केलाउदै, तर  आजको  लागी  तपाईहरुको  विचार  या  सोच  के  रहेको   छ  मानसिक  या  मनोरोग  प्रति  पढे  पछि  एकपल्ट  सोच्नु  होला . जस्तै  मेरो  बिचारमा  त  मानसिक  रोग  भनेको……………

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips