डायबेटिक रेटिनोप्याथी (Diabetic Retinopathy) अर्थात सुगरका बिमारीमा आँखामा हुने असर को बारेमा सामान्य जानकारी!!

Posted by Sura Health on |







के तपाईंलाई वा तपाईंको परिवारमा कसैलाई मधुमेह (Diabetes) को बिमारी छ? यदि छ भने के आँखाको जांच नियमित रूपले गराउनु हुन्छ? के तपाईंलाई मधुमेह ले गर्दा आँखामा हुने हानीको बारेमा जानकारी छ? आउनुहोस आज मधुमेहले गर्दा आँखामा हुने प्रभावको बारेमा केहि छलफल गरौँ


मधुमेहले गर्दा शरीरका विभिन्न प्रणालीहरुमा प्रभाव पर्दछ, जस्तै मृगौला (diabetic nephropathy), मुटु वा रक्त-नली (vasculopathy), आँखा (retinopathy), नशा (neuropathy) इत्यादी

आँखामा हुने प्रभावहरु मध्य सबै भन्दा खतरनाक भनेको Diabetic retinopathy हो जसले गर्दा सदाको लागि अन्धोपन पनि हुन सक्छ। मधुमेहले गर्दा Retina (आँखाको नानी पछाडि भागको नरम पर्दा) मा प्रभाव पर्दछ र आँखाको हेर्ने शक्तिमा कमि आउँदछ, यसलाई Diabetic retinopathy भनिन्छ



मधुमेह मा कसरी आँखा प्रभावित हुन्छ?
मधुमेहमा रगतमा चिनी (glucose) को मात्रा सामान्य भन्दा बढी हुने गर्दछ, जसले गर्दा आँखाको पर्दाका  शिरा, धमनीहरुमा प्रभाब पर्दछ प्रभावित रगतका नली हरु कम्जोर हुने कारण सजिलै संग फाट्ने सम्भावना हुन्छ जसले गर्दा Diabetic retinopathy हुन्छ।

त्यस्तै रगतमा चिनी (glucose) को मात्रा बढ्नाको कारण यसका metabolic products जस्तै sorbitol बढ्छन्। जसले गर्दा आँखा को लेन्स प्रभावित भएर मोतियाबिन्दु (cataract) हुन्छ।



जति लामो समय देखि मधुमेह को रोग छ, आँखा प्रभावित हुने सम्भावना उतिनै बेसी हुन्छ। १० वर्ष भन्दा लामो समय देखिका मधुमेह रोगिहरु मध्य ८०% मा retinopathy हुने सम्भावना हुन्छ।















संकेतहरु
Diabetic retinopathy सामान्यतया बिस्तारै बढ्ने गर्दछ त्यसैले सुरुवातमा केहि लक्ष्यणहरु नदेखिए पनि बिमारी भने बढी रहेको हुन सक्छ। Diabetic retinopathy लाइ प्रमुख दुई प्रकार मा बाँड्न सकिन्छ

१ ) Nonproliferative (NPDR)
यो सुरुवाती अवस्था हो जसमा रोगिमा केहि लक्ष्यणहरु देखिदैन। ९५ % रोगि हरु यस अवस्था मा हुन्छन। यो अवस्था धेरै बिस्तारै बढ्दै जाने गर्दछ। आँखाको जांच गरि हेर्दा आँखाको पर्दामा केहि मसिना रक्त-नलीहरु फाटेर microhemorrhages  हरु देखिन सक्छन जस्तै dot and blot hemorrhages, flame hemorrhages, microaneurysm इत्यादी । त्यसैले नियमित आँखा जांचमा यो अबस्थाको सजिलै पता लगाएर चांडो उपचार सुरु गर्न सकिन्छ र अरु नोक्सान हुनबाट बचाउन सकिन्छ।

२ ) Proliferative (PDR)
यो अवस्थामा रोगिमा आँखा अचानक कम देख्ने, स्पस्ट नदेखिने, बिजुलीको चमक जस्तो देखिने जस्ता लक्ष्यणहरु देखिन्छन्  रेटिनाका रक्त-नली हरुमा हानि बढ्दै जाने क्रममा असामान्य रक्त नलीहरु बढ्छन (Neovasularisation) जसले गर्दा रेटिना विभेद (retinal detachment), Hemorrhage आदि हुन सक्छन्। हाम्रो आँखाको  रेटिनामा macula भन्ने एउटा भाग हुन्छ; जसले कुनै पनि बस्तु हेर्नको लागि मद्दत गर्दछ macula को तल पानी जम्नु (macular edema) को कारण हेर्ने सक्तिमा कमि हुन सक्छ। यो अवस्था धेरै छिटो बढ्ने गर्दछ, त्यसैले समय मै उपचार गराउनु जरुरि हुन्छ


उपचार
रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्नु नै सबै भन्दा राम्रो रोकथामको माध्यम हो, त्यसैले मेडिकल डाक्टर ( सके सम्म endocrine specialist) लाई देखाएर blood sugar सन्तुलनमा राख्नुहोस्
तर यदी लक्ष्यण हरु धेरै देखिन्छन् भने समय मै आँखा बिशेसज्ञलाई देखाएर राम्रो उपचार गराउनु  
जरुरि हुन्छ। आँखा बिशेसज्ञले जांच गरेर रोगको स्थिति जान्नको लागि केहि टेस्ट हरु गर्न सक्छन् जस्तै FFA (fundus fluorescein angiography), OCT ( optical coherence tonmography)Fundus Photography आदि

प्रमुख उपचारका तरीका हरु :

१)      लेजर उपचार (Laser Treatment) : यसमा लेसरको माध्यमबाट असामान्य रक्त-नलीहरु बन्नबाट रोकथाम गरिन्छ फाटेका रक्त नलीहरुको वरपर leak हुनबाट पनि बचाउँछ धेरै नोक्सान भै सकेको अवस्था (Advanced disease) मा PRP (Pan retinal photocoagulation) गरिन्छ 
२)      Vitrectomy : यसमा ओपेरेशनको मध्यमबाट आँखा भित्र भएका hemorrhages हरु, रेटिनामा भएका खिचाव (tractions) हरु हटाइन्छ, जसले रेटिना विभेद (detachment) हुन बाट बचाउँछ। अपरेशनको माध्यमबाट आँखालाई पुरै अन्धो हुनबाट बचाउने प्रयास गरिन्छ।  


रोकथाम
माथि उल्लेख गरिएझैँ रगतमा चिनीको मात्रा (blood sugar) लाई सन्तुलनमा राख्नु नै सबै भन्दा राम्रो रोकथामको माध्यम हो
कमसे कम महिनामा एकचोटी खाली पेटमा sugar को जांच गराएर (FBS: Fasting Blood Sugar) असामान्य रहेको अवस्थामा मेडिकल डाक्टर लाई देखाउनु पर्छ

मधुमेहका रोगि ले नियमित रुपमा आँखाको जांच गराउनु जरुरि छ।

१)      पहिलो जांच :    मधुमेह पता लागेको लाग्ने बित्तिकै (Type 2 Diabetes को लागि ) वा तीन वर्ष भित्र (Type 1 Diabetes को लागि ) (सामान्यतया भन्नु पर्दा इन्सुलिन (insulin) injection दिनु पर्ने बिमारी Type 1 मा पर्दछ; insulin दिनु नपर्ने, खाली ट्याब्लेट खानु पर्ने बिमारी Type 2 मा पर्दछ।)
२)      त्यस पछी : १-१ वर्षमा वा  ६-६ महिनामा (blood sugar सन्तुलित नरहेमा, धेरै वर्ष देखि मधुमेह रहेमा , Blood Pressure रहेमा , serum lipid बढी रहेमा)  


संक्षेपमा ,
मधुमेहमा हुने Diabetic retinopathy अन्धोपनको एक प्रमुख कारण हरु मध्य एक हुन् समय मै पत्ता लगाएर नियमित जांचमा रहना ले यसको रोकथाम गर्न सकिन्छ। त्यसैले यसको जानकारी आफ्नो वरपर सबैलाई दिनुहोस र यस सुन्दर संसार लाई हेर्न बाट कोहि पनि बन्चित नहुन्।


तपाईंलाई यो लेख कस्तो लाग्यो? कमेन्ट गर्नु होला 
१)      धेरै राम्रो
२)      ठिकै
३)      बेकार  

केहि जिज्ञासा, सल्लाह, सुझावहरु छन् भने कमेन्टमा वा मैल मार्फत सम्पर्क गर्न सक्नु हुन्छ 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips