बुटबलमा १ पुसबाट मुटुरोग अस्पताल सञ्चालन हुने heart disease hospital butwal

Posted by Sura Health on |







                    बुटबलमा १ पुसबाट मुटुरोग अस्पताल सञ्चालन हुने heart disease hospital butwal             
बुटबलमा १ पुसबाट मुटुरोग अस्पताल सञ्चालन हुने heart disease hospital butwal
hospital image

  केही महिना अघिदेखि नै सञ्चालनको तयारीमा  रहेकोे गौतमबुद्ध सामुदायिक मुटु अस्पताल आगामी पुष १ गतेबाट सञ्चालनमा आउने भएको छ ।  सञ्चालनको तयारी अघि बिरामीलाई दिइने सेवाबारे अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ  ।


अस्पताल व्यवस्थापन, बिरामीलाई दिईने उपचार, औषधि तथा आवश्यक उपकरणको प्रयोग र बिरामीको रेखदेखलगायतका विषयमा तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष  एजाज आलमले बताएका छन्  ।
अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीले मुटु उपचार धेरै सम्वेदनशिल हुने भएकाले उपचारमा समस्या नआओस् भनी चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई छुट्टाछुट्टै रुपमा ३ महिनाको तालिम दिईएको वताएका वताए ।


गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले अस्पतालका लागि आवश्यक सबै उपकरण जडान भईसकेको र पौष १ गतेदेखि ओपीडी सेवा सञ्चालन गरिने जानकारी गराएका छन । गत असारमा सेवा सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको अस्पताल निर्माणको काम सम्पन्न गर्न केही ढिलाई भएपनि अब भने यसै महिनाभित्र सञ्चालनको अन्तिम तयारीमा छ ।


२४ सै घण्टा विशेषज्ञसहितको सेवा र १० बेडको सिसियूसहित २५ बेड क्षमताको सो अस्पताल सञ्चालनमा ५ करोडभन्दा बढी रकम लाग्ने बताईएको छ ।


हाल बुटवल १२ रामनगरमा ५ वर्षका लागि घर भाडामा लिई शुरु गर्न लागिएको र सोही अवधिभित्र जग्गाको व्यवस्था गरि अस्पताल निर्माणको कार्य समेतसम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष आलमले भनाई छ ।   ‘लुम्बिनी अञ्चलमा नै यो पहिलो मुटुअस्पताल  हो,  यो क्षेत्रमा  नभएर हामीले  पहल गरेर सञ्चालनको तयारीमा छौ’ रुपन्देही उद्योग संघका  महासचिब  गणेश अधिकारीले भने, ‘अब  कुनै पनि  बिरामी मुटुको उपचारबाट  बञ्चित नहुन् भन्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएका छौ ।                                                        स्रोत :स्वस्थ्य खबरपत्रिका


Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips