गर्भवती महिलाले रक्सी कम पिउनथाले !

Posted by Sura Health on |







अष्ट्रेलियाका गर्भवती महिलाले उनीहरु गर्भवती हुनुभन्दा पहिलाको तुलनामा गर्भवती भएपछि रक्सी सेवनको मात्रा कम गर्न थालेको एक अनुसन्धानले देखाएको छ ।    तर उनीहरु गर्भवती हुने समयमा गर्नुपर्ने रक्सीको मात्रा पूर्ण कटौतीका लागि भने तयार नदेखिएका पनि सो अनुसन्धानबाट देखिएको समाचारमा उल्लेख छ ।     अष्ट्रेलियाको एक मेडिकल जर्नलमा प्रकाशन गरिएको उक्त अनुसन्धानमा सो तथ्य भेटिएको सोमबारको अखबारले जनाएका छन् । उक्त अनुसन्धानमा २७ हजार महिलालाई समावेश गरिएको छ ।     अष्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या रहेको न्यु साउथ वेल्स राज्य र अर्काे एक राज्य क्वीन्सल्याण्डका २७ हजार जना गर्भवती महिलामा पाँच वर्षसम्म सो अनुसन्धान गरिएको हो ।     सन् २००७ देखि २०११ सम्मको अवधिमा गर्भवती रहेका ती महिलामा यस अघि उनीहरुले गर्ने रक्सीको सेवन भन्दा करिब १८ प्रतिशतले कमी आएको पाइएको छ ।     गर्भवती हुनुभन्दा पहिलाका महिलाले ५२ प्रतिशतको मात्रामा रक्सी पिउने गरेकोमा सो अवधिमा उनीहरुले सो मात्रा घटाएर ३४ प्रतिशतसम्म बनाएको सो अध्ययनमा पाइएको छ ।    यसका साथै महिलाले गर्भवती भएको तीन महिनाको अवधिमा गर्ने गरेको रक्सी सेवनको मात्रामा पनि कमी आएको सो अध्ययनले देखाएको छ ।    महिला गर्भवती भएका समयको रक्सी सेवन आमाको स्वास्थ्यका लागि मात्र नभएर गर्भको बच्चाको लागि पनि हानिकारक हुने गर्दछ ।     महिलाले गर्ने गरेको यस्तो रक्सीको सेवन तथा अझ कमसल खालको एवम् स्थानीय रुपमै घरमा नै बनाएको रक्सी सेवनले बच्चाको विकासमा बाधा उत्पन्न गर्नसक्छ ।     साथै गर्भ बसेको सुरुको तीन महिनाको अवधिमा गरिने यस्तो रक्सी सेवनले भ्रूणको विकासका साथै बालबालिकाको शारीरिक एवम् अन्य विकासमा पनि असर पार्नसक्ने बताइन्छ ।     अष्ट्रेलियाको मेडिकल काउन्सिलले सन् २००९ मा नै गर्भको समयमा आमाहरुले रक्सीको सेवन नै गर्न नहुने शिफारिस गरेको छ ।     अष्ट्रेलियामा रक्सी सेवन एक ठूलो समस्याका रुपमा देखिएको छ । अष्ट्रेलियाको नेशनल ड्रग्स एण्ड अल्कोहल रिसर्च सेन्टरकाअनुसार अष्ट्रेलियामा प्रति पाँचमा कम्तीमा पनि एकजनाले रक्सीको सेवन गर्ने गर्दछन् । रासस÷एएफपी

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips