एक वर्षमा १२ लाखले आयुर्वेदिक उपचार गराए !!

Posted by Sura Health on |







         काठमाडौं । आयुर्वेदिक उपचार पद्दतिमा बिस्तारै आकर्षण बढेको छ । सरकारी आयुर्वेदिक स्वास्थ्य संस्थाबाट मात्रै आर्थिक वर्ष ०६९/०७० मा १२ लाख बिरामीले उपचार गराएको आयुर्वेद विभागले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको वार्षिक समीक्षा गोष्ठीमा आयुर्वेद विभागले मातहतका स्वास्थ्य संस्थामा बिरामीको चाप बर्सेनि बढ्दै गएको जनाएको हो । विभागले आव ०६९/७० मा देशभरका दुई सय ९१ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत् ११ लाख ९३ हजार चार सय दुई बिरामीले उपचार पाएको जनाएको छ ।


 

आयुर्वेद विभागका महाििनर्देशक डा. देवकला भण्डारीले सेवा लिएकामध्ये ७० प्रतिशत बिरामी जीर्णरोगी भएको बताइन् । उनीहरुमध्ये केही एलोप्याथी उपचार पद्दतिबाट असफल भएपछि आयुर्वेदिकमा आएको उनले बताइन् । एलोप्याथी उपचारको तुलनामा न्युन बजेट र कम जनशक्तिका रहेपनि आयुर्वेदिक संस्थाले उत्कृष्ट काम काम गरेको महानिर्देशक भण्डारीले बताइन् ।


 

देशैभरि छरिएका आयुर्वेदिक संस्थामा उपचार सेवा लिनेको संख्या १२ लाख रहेको जनाइएको छ । आयुर्वेद विभागअन्तर्गत हाल एउटा केन्द्रीय चिकित्सालय, एउटा क्षेत्रीय चिकित्सालय, १४ अन्चल औषधालय, ६१ वटा जिल्ला आयुर्वेद औषधालय र दुई सय १४ वटा आयुर्वेद औषधालय छन् ।                                                                                              

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips