महिनावारी बिग्रेमा डिस्मेनोरिया |

Posted by Sura Health on |







period
महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाक्वाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई डिस्मेनोरिया भनिन्छ । यो समस्या विवाहिता र अविवाहिता दुवै महिलामा देखिन सक्छ । कतिपय अवस्थामा दुखाइ लामो समयसम्म पनि हुन सक्छ । केही महिलाले दुखाइ सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो होइन ।  दुखाई बढी भए पनि चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्छ । डिस्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ ।  प्राइमरी डिस्मेनोरिया प्राय अविवाहिता तथा वयस्क महिलालाई हुने गर्दछ  ।

प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड  दुख्छ । दुखाई बढ्दै गएमा खुट्टा र टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने लक्षण देखिन सक्छन् । कसैकसैलाई पखाला पनि लाग्ने पनि हुन्छ । यसका कारणहरुमा कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनहरुको असन्तुलन हनु हुन्  । महीनावारी हुँदा पाठेघर खुम्चिने र तन्किने हुनाले तल्लो पेट दुख्छ । महिनावारीमा यौनाङ्गमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली साँघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्दछ । यो वंशाणुगत कारणले पनि हुन सक्छ ।  अत्याधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई पनि यस्तो समस्याको सभावना बढी हुन्छ ।


सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई हुने गर्छ । यो प्राय विवाहिता महिलामा देखिने समस्या हो । यसका लक्षणहरुमा महिनावारी समयमा नहुनु र हँुदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुख्नु, बाँझोपना र अत्याधिक सेतो पानी बग्नु आदि हुन् । यस्तो अवस्थामा औषधीको सेवन गर्दा पनि दुखाइ कम नहुन सक्छ । प्रजनन् रोग, अण्डाशय वा अण्डबाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आइयुसीडी तथा कपर–टी को प्रयोग, अनियमित औषधिको प्रयोगका कारण पनि यस्तो समस्या आउँछ । डिस्मेनोरिया आफैंमा रोग होइन तर अन्य रोगको  लक्षण हो  । त्यसैले समयमै रोगको पहिचान गरी उपचारतर्फ लाग्नु पर्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips