‘सापु’ले आँखाको ज्योती गुम्ने खतरा::?
Posted by Sura Health on |

रातको समयमा बत्तिमा झुम्मिने पुलतीले आँखाको ज्योती गुम्न सक्छ । हालसम्म नेपालमा मात्रै भेटिएको राती देखिने पुतलीको सम्पर्कबाट हुने ‘सापु’ रोगले आँखाको ज्योती गुम्ने खतरा बढेको हो ।
आँखा रोग विशेषज्ञले सापु रोगबाट बच्ने प्रमाणित आधार नभएपनि पुलतीको सम्पर्कबाट बच्नु नै प्रमुख उपाय भएको बताएका छन् । विशेषज्ञहरु झ्याल ढोकामा जालि प्रयोग गरेर रोगबाट बच्न सकिने बताउछन् । पुतलीको प्रत्यक्ष सम्पर्कबाट बच्ने र आँखामा हात नलगाउने गर्नु नै यो रोगबाट बच्न सकिने उपाय हो ।
चिकित्सकहरुका अनुसार यो रोगको उपचारका लागि औषधिको प्रयोग प्रभावकारी मानिदैन । सुरुको अवस्थामा छ भने, आँखाभित्र इजेक्सन मात्रै हाले पुग्छ तर अन्तिम अवस्थामा भने शल्यक्रियागरी आँखाभित्रको पिप नै सफा गर्नुपर्छ । ढिलागरी आएका मध्ये ५० प्रतिशतमा उपचारले काम नगरेपछि प्रभावितको आँखाको ज्योती गुम्न सुक्ने चिकित्सकहरु बताउछन् । सापुबाट गुमेको आँखाको ज्योति पहिलेको अवस्थामा फर्काउँन नसकिने चिकित्सकहरु बताउछन् ।
सापु रोगका विरामी यसवर्ष राजधानीलागत देशका विभिन्न जिल्लामा भेटिएका भेटिएका छन् । तिलगंगा अस्पतालमा गत भदौदेखि विरामीको चाप बढेको अस्पतालले जनाएको छ । जसमध्ये अधिकांश बालबालिका रहेका छन् ।
सामान्यतः पुलती बढी पाइने मौसम असोजदेखि मंसिरभित्र यो रोगका विरामी भेटिने गरेपनि यसवर्ष भदौ देखिनै विरामी भेटिन थालेका छन् । अघिल्ला वर्षभन्दा विरामी आउने दर पनि निकै बढी पाइएकोले चिकित्सकहरुले सापुले प्रकोपको रुप लिनसक्ने चेतावनी दिएका छन् । सुरुमा आँखामा चिप्रा नलागीकन रातो हुने यो रोग रोगबाट विस्तारै आँखाको कालोभागमा पिप भरिएर पुरै आँखामा पिप भरिन्छ ।
यसले आँखाको पर्दा तथा नशालगायत महत्वपूर्ण भागलाई असर पु¥याउँछ । अस्पतालमा उपचार गर्न आउनेहरु मध्ये धेरैको आँखाको भित्री भागमा असर गरेको छ भने थोरैमा आँखाको अघिल्लो भागमा र रेटिनामा मात्र असर पुगेको छ । कतिको ज्योति फर्काउँन सकिन्छ भन्ने उपचार र आउने सुधारको आधारमा मात्रै भन्न सकिने चिकित्सकहरु बताउँछन् ।
अस्पतालको डेकेयरमा उपचाररत विरामी उपत्यकाको डिल्लिबजार, थानकोट, ललितपुर र उपत्यकाबाहिर नुवाकोट, संखुवासभा, ताप्लेजुङ, दोलखा, इलाम, चितवनलगायतका जिल्लाबाट आएका हुन् । तिलगंगा आँखा अस्पतालकी सापु विशेषज्ञ डा.अनु मानन्धरले एक वर्षअघि रोग देखापर्दा तिलगंगामा दुई जना विरामी भेटिएकोमा यो वर्ष ठूलो संख्यामा आएको बताइन् । ‘एकातिर भदौदेखि नै विरामी आए र आउने दर पनि बढ्यो ।’ उनले भनिन्, ‘यहि रुपमा बृद्धि भएमा मंशिरसम्म ठूलो समस्या बन्छ ।’
डा.मानन्धरले हालसम्म विभिन्न तथ्यले पुलतीको सम्पर्कबाट नै रोग सर्ने देखिएकोले सकेसम्म पुलतिबाट बच्न र सापुजस्तै लक्षण देखिनासाथ नजिको आँखा उपचार केन्द्रमा जान सुझाब दिइन् । ‘चिप्रा नलगी आँखा रातो भएमा र कम दुखेमा आँखा पाकेको होला भनेर कुनेर नबस्न र तत्काल उपचार थाल्नुपर्ने बताइन् ।’ उनले भनिन् ।
डा.मानन्धरले ज्योति कम हुन वा गुम्नैबाट जोगाउँन सकिने नसकिने भन्ने कतिबेला र कस्तो अवस्थामा अस्पताल आइपुगेको भन्नेमा निर्भर हुने बताइन् । ‘जति छिटो उपचार थालेर पिप निकालियो उत्तिकै मात्रामा आँखा सुक्नबाट र ज्योति फर्काउँन सकिन्छ ।’ मानन्धरले भनिन् । ‘छिट्टै उपचार भएमा ज्योति पुर्ण वा आंशिक रुपमा फर्काउँन सकिन्छ ।’ मान्धरले थपिन्, ‘ढिला र उपचार अभावमा केही दिनमै आँखा सुकेर अन्धो हुन्छ ।’
नेपालमा पहिलो पटक ०३२ सालमा सापु रोग भेटिएको थियो । नेपाली चिकित्सक मदन उपाध्यायले रोग पत्तालगाई यसलाई सापु नाम दिएका थिए ।
लक्षण
- अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हँुदै जानु
- आँखा पाकेजस्तो देखिएपनि चिप्रा नलाग्नु
- दुखाई नहुनु
- पिप भरिनु
- एउटा आँखा अचानक रातो हुनु
- उज्यालोमा हेर्न गाहे हुनु
- आँखाको कालो भागको बीचमा सेतो देखिनु
You can subscribe by e-mail to receive news updates and breaking stories.