बालबालिकाको रोगप्रतिरोधक क्षमता !!
Posted by Sura Health on |
आफ्ना छोराछोरी सधैं स्वस्थ रहून् भन्ने चाहनुहुन्छ वा उनीहरूको शरीरभित्र कुनै पनि रोगसँग लड्ने क्षमता विकसित होस् भन्ने चाहनुहुन्छ भने निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।
शिशु जन्मिएको पहिलो ३६ घन्टाभित्रमा आमाको दूध ख्वाइसक्नुपर्छ । यसमा कोलेस्ट्रम नामक एउटा यस्तो तत्व हुन्छ, जसले न केवल उसलाई जीवनभरि कुनै गम्भीर रोगबाट बचाउँछ, यसले शिशुको रोग प्रतिरोधक क्षमता पनि मजबुत हुन्छ ।
भरसक शिशुलाई बोतलको साटो कचौरा(चम्चाबाटै दूध ख्वाउने प्रयास गर्नुपर्छ । एक सर्वेक्षणअनुसार बोतलबाट दूध पिउने शिशुको तुलनामा कचौरा-चम्चाबाट दूध पिउने शिशुको पेटमा इन्फेक्सनको समस्या कम हुन्छ ।
जाडो-गर्मी वा वषर कुनै पनि मौसममा मौसमको सामान्य तापमान झेल्ने बानी विकसित गर्नु आवश्यक छ किनभने यसबाट उनीहरूमा रोगप्रतिरोधक प्रणाली दह्रो हुन्छ । गर्मी मौसममा शिशुलाई सधैं एसी भएको कोठामा राख्नुहुँदैन साथै जाडो मौसममा पनि उनीहरूलाई आवश्यकताभन्दा बढी तातो पहिरन लगाइदिनुहुँदैन । वर्षामा हल्का भिज्नु पनि स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ ।
शिशुलाई त्यही खाना ख्वाउनुपर्छ जुन परिवारका अन्य सदस्यले खाइरहेका हुन्छन् । यसबाट उसको पाचन तथा रोग प्रतिरोधक क्षमता राम्रोसँग विकसित हुन्छ । शिशुको पाचन क्षमता कमजोर हुन्छ भन्ने सोच गलत हो । उनीहरूलाई मसलारहित सादा खाना ख्वाउनु उचित हुन्छ ।
शिशुलाई प्रशस्त मात्रामा हरिया साग–सब्जी तथा फलफूल ख्वाउनुपर्छ किनभने यी वस्तुहरूमा सबैभन्दा बढी एन्टी अक्सिडेन्ट तत्व पाइन्छ, जसले उनीहरूको शरीरलाई संक्रमण तथा रोगहरूसँग लड्ने शक्ति प्रदान गर्छ ।
शिशुको रोग प्रतिरोधक प्रणालीलाई मजबुत बनाउन उनीहरूको दैनिक भोजनमा प्रोटिन तथा क्याल्सियमले भरिपूर्ण दूध, दाल, अण्डा, माछा र शाहाकारी भए ड्राइफुड समावेश हुनु आवश्यक छ ।
जति प्रयास गर्दा पनि शिशुलाई चिसोले समातेकै हुन्छ । वास्तवमा साधारण सर्दी–खोकीले के कुराको संकेत गर्छ भने उसको शरीरभित्र हानिकारक ब्याक्टेरियासँग रोग प्रतिरोधक शक्तिको संघर्ष जारी छ । त्यसकारण यदि शिशुलाई हल्का सर्दी(खोकी लागेको छ भने चिन्तित भएर औषधि ख्वाइहाल्नुपर्दैन । यदि तीन-चार दिनपछि पनि यो समस्या समाधान भएन भने चिकित्सकको सल्लाहमा औषधि ख्वाउनुपर्छ ।
शिशु केही ठूलो भएपछि अर्थात् तीन–चार वर्षको भएपछि उनीहरूलाई आउटडोर खेल खेल्न प्रोत्साहित गर्नुपर्छ । यसले शरीरको राम्रो व्यायाम हुन्छ साथै खुला वातावरणको सम्पर्कमा आएका कारण उसको शरीरमा हरेक प्रकारको संक्रमणसँग लड्ने क्षमताको विकास हुन्छ ।
जन्मिएको पहिलो दिनदेखि नै शिशुले हरेक प्रकारको खोप लगाइरहेको छ कि छैन भन्ने कुरामा ध्यान दिनु अनिवार्य छ । यी खोपहरू सही समयमा लगाउनुपर्छ । यी खोपले न केवल शरीरलाई गम्भीर रोगहरूबाट बचाउँछन्, रोग प्रतिरोधक क्षममतालाई पनि सुदृढ तुल्याउँछन् । 
You can subscribe by e-mail to receive news updates and breaking stories.