मनसुन बेबी केयर !!

Posted by Sura Health on |







बर्षाको मौसममा पसिना बढी आउने भएकाले सुतीका कपडा लगाइदिनुपर्छ, जसबाट उनीहरूको छालामा हावा पुगोस् । शिशुहरू घरबाहिर निस्कँदा जुत्ता लगाइदिनुपर्छ, कारण कीरा-फट्याङ्ग्राबाहेक घाँस र बोट–बिरुवाबाट निस्कने रसायनबाट उनीहरूलाई जोगाउनुपर्ने हुन्छ ।
शिशुले प्रयोग गर्ने कपडा र जुत्ता दुवै सुख्खा हुनुपर्छ, विशेषगरी जुत्ता राम्रोसँग सफा गरेर लगाइदिनुपर्छ ।
शिशु वषरको पानीमा खेल्न चाहन्छ भने फोहोर पानीमा नखेलोस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । उनीहरूलाई आफ्नो रेखदेखमा मात्र खेल्न दिनुपर्छ, कारण चिप्लिएर वा लडेर घाउ–चोट लाग्न सक्छ । शिशुको नङ समय- समयमा काटिदिनुपर्छ ।

नङ सफा गरिरहनुपर्छ । तिनलाई बारम्बार साबुनले हात धुने प्रेरणा दिनुपर्छ। आफ्नो घर, शिशुको ओछ्यान आदिको सरसफाइमा पनि उत्तिकै विचार पुर्‍याउनुपर्छ । शिशु सुत्ने ठाउँ सुख्खा र सफा हुनुपर्छ । यदि शिशु धेरै सानो छ र राति सुत्दा निद्रामा पिसाब गर्छ भने डायपर प्रयोग गर्नुपर्छ ।
मौसममा आँखाको एलर्जी वा कन्जेक्टिवाइटिसको संक्रमण हुनसक्छ । शिशुको हात सफा राख्नुपर्छ र यदि उनीहरूसित खेल्ने कुनै शिशुलाई एलर्जी छ भने त्यस्ता शिशुबाट आफ्नो शिशुलाई टाढा राख्नु पर्छ । आफ्ना शिशुमा कुनै प्रकारको समस्या देखिए तुरुन्त चिकित्सकको सेवा लिनु उचित हुन्छ ।
शिशु पानीमा भिजेको छ भने कानमा पानी जाने सम्भावना पनि उत्तिकै रहन्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार कानमा औषधि हाल्नुपर्छ । आफूखुसी कुनै औषधि प्रयोग गर्नु हुँदैन । वषमा धेरैजसो धाराबाट आउने पानी पनि त्यति सफा हुँदैन । यस्तोमा फिल्टर गरिएको वा उमालेर चिसो गरिएको पानी नै प्रयोग गर्नुपर्छ वा कुनै राम्रो कम्पनीको बोतल बन्द पानी प्रयोग गर्नुपर्छ । शिशुका लागि खाना बनाउँदा पनि सफा पानी प्रयोग गर्नुपर्छ । यो मौसममा ब्याक्टेरिया धेरै बढ्छन्, अतः बासी खाना खानु हुँदैन । शिशुलाई जे ख्वाइन्छ त्यो ताजा हुनुपर्छ भने उनीहरूलाई बाहिरको खानाबाट टाढै राख्नु उचित हुन्छ । घरमै पनि शिशुलाई बढी तैलीय वा मसलादार खाना ख्वाउनु ठीक होइन । कारण यसबाट पनि शिशुलाई पखाला लाग्न सक्छ । यदि शिशु पानीमा भिजे वा तिनलाई नुहाइदिएपछि कुनै तातो पदार्थ, दूध, सुप, अण्डा, टोस्ट आदि ख्वाउनुपर्छ ।
कतिपय शिशुलाई वषरमा श्वास-प्रश्वासको समस्याका साथै रुघाखोकी लाग्न सक्छ । यस्तोमा शिशुलाई पहिले चिकित्सककहाँ पुर्‍याउनुपर्छ । यस्ता शिशुलाई वषरमा बढी हेरविचार गर्नुपर्ने हुन्छ । रुघा लागे पानीको बाफ लिन लगाउनु पनि लाभदायक हुन्छ ।
वषरमा शिशुलाई भाइरल ज्वरो एवं झाडापखाला आदि समस्याले सताउन सक्छन् । यस्तो अवस्थामा उनीहरूलाई आराम, राम्रो हेरचाह एवं चिकित्सकको सल्लाह आवश्यक पर्छ । कुनै रोगको लक्षण देखिए चिकित्सकको परामर्श लिनुपर्छ। शिशु स्वस्थ रह्यो भने वषरको मौसम पनि मस्त र रमाइलो हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips