१६ बर्षको उमेर हुदा पनि महिनावारी नहुदा के गर्ने !!

Posted by Sura Health on |








 म १५ पुगेर १६ वर्षमा लागेँ। मेरा सबै साथीको महिनावारी सुरु भैसक्यो तर पनि मेरो महिनावारी भएको छैन। अहिले मलाई समस्या पनि छैन तर पछि सन्तान हुँदैनन् भन्छन्। उचित सल्लाहको आशामा छु।


 सामान्यतया पन्ध्र वर्षसम्ममा हरेक किशोरीमा महिनावारी सुरु हुन्छ। कसैकसैमा सामान्य ढिलाइ हुँदैमा आत्तिनु पर्दैन। महिनावारी नहुने समस्यालाई एमोनेरिया भनिन्छ। समयमा महिनावारी नहुने धेरै कारण छन्। महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना -हाइपोथालामो-पिट्युटरी-ओभरिएन एक्सिस्) मा आएको सामान्य गडबडीले पनि महिनावारी रोक्न सक्छ। कसैकसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुनसक्छ। कुन कारणले महिनावारी नभएको हो पत्ता लगाउनुपर्छ। महिनावारी नहुने सबै महिलाले सन्तान जन्माउन सक्छन् भन्न सकिँदैन तर कारण पत्ता लगाएर उपचार गरे धेरैले सन्तान जन्माउन सक्छन्।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips