क्यान्सर उपचारमा अत्याधुनिक सेवा नेपालमै शुरु !!

Posted by Sura Health on |







 nepal cancer   कात्तिक २१ /
नेपाल क्यान्सर इन्ष्टीच्युट एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलो पटक क्यान्सर उपचारमा अत्याधुनिक सेवा शुरु गर्ने भएको छ । अत्याधुनिक सेवाका लागि अस्पतालले भारतको नयाँ दिल्लीस्थीत राजीव गान्धी क्यान्सर अस्पतालसंग प्राबिधिक सेवा सम्झौता गरेको हो ।


यो सम्झौताले क्यान्सर उपचारका लागि राजीव गान्धी अस्पताल जानु पर्ने बाध्यताका अन्त्य भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । राजीव गान्धीसंगको सम्झौताले गुणस्तरी क्यान्सर उपचार नेपालमै सम्भव भएको पौडेलको दाबी छ  । ‘अस्पतालले राजीव गान्धी क्यान्सर अस्पतालसंग विशेषज्ञ टेलिमेडिसिन सेवा शुरु गरीसकेको छ’ उनले भने, ‘अस्पतालको औपचारीक उद्धघाटनपश्चात प्राविधिकरुपमा सम्पूर्ण सेवाको आदानप्रदान हुने छ ।’

करीब डेढ अर्वको लगानी स्थापीत यो अस्पताल निजी क्षेत्रको नेपालकै ठुलो क्यान्सर अस्पताल हो । अस्पतालले नेपालमै पहिलो पटक वोनम्यारो प्रत्यारोपण (रक्त क्यान्सरका लागि), फ्रोजन सेक्सन, ल्याप्रोस्कापीक क्यान्सर सर्जरी, इमेज गाइडेड रेडियसन थेरापी (क्यान्सर भएको विशेष भागमा गरिने रेडियसन) लगायतका सेवा प्रदान गर्ने पौडेलको भनाई छ । अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने केमो थेरापी, रेडियो थेरापी र शल्यक्रियाका सबै सेवा उपलब्ध गराउने पौडेलको भनाई छ । अस्पतालले औपचारीक रुपमा माघ देखि सेवा प्रदान गर्ने छ । अस्पतालको बेड संख्या एक सय पचास रहेको पौडेलको भनाई छ । अस्पताल ललितपुरको हरिसिद्धिमा रहेको छ ।
प्रकाशित : २०७० कात्तिक २१ स्रोत : स्वस्थ्य खबरपत्रिका

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips